चाउमिन खाएर मृत्यु भएका बालकको शव परिवारले बुझेनन

86

नयाँ पत्रिका दैनिक
पुस २,
कञ्चनपुरका दुई बालकको मृत्यु सुनियोजित तरिकाबाट भएको भन्दै ठूलीआमाबाबुको नाममा किटानी जाहेर परेको छ । कृष्णपुर नगरपालिका–३ देखतभूलीका बालक टेक बहादुर सुनार र धन बहादुर सुनारको मृत्यु परिवारकै सदस्यबाट भएको भन्दै आमा विमला देवी सुनारले ठूलीआमा सिता र बाबु लछी सुनारको नाममा किटानी जाहेर दिएकी हुन् । ठूलीआमा सिताले पकाएको चाउमिन मामाकै घरमा पुगेर मात्रै खानु भनेपछि झन शंका बढेको छिमेकी नन्दादेवी जोशीले बताईन् । उनका अनुसार बालकद्वय चाउमिन खाएर बिरामी पर्नु र सिताको घरबाट प्रहरीले विषालु पदार्थ फेला पार्नुले शंका झन बढको हो ।

मृतक बालकका आफन्तले महेन्द्रनगर बजार र महाकाली अञ्चल अस्पतालमा प्रर्दशन गर्दै दोषीलाई कारबाही नभए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । स्थानीयको दवावपछि प्रहरीले मृतक बालकका ठूलबाबु र आमालाई घरबाटै नियन्त्रणमा लिइसकेको छ । बालकको शव पोष्टमार्टका लागि अझै महाकाली अञ्चल अस्पतालमा राखिएको छ । कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी कृष्णराज ओझाले सुक्ष्म अनुसन्धान भईरहेको बताए । ओझाले कर्तव्यज्यान अन्तरगत जाहेरी आएको बताए । घटनाका बारेमा अनुसन्धान जारी रहेको उनको भनाई छ ।