नेकापा फुटाएर जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने किराँतीको घोषणा

110

पुस २,
काठमाडौँ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा नेकपा (माओवादी केन्द्र) ले पार्टीको आठौँ महाधिवेशनको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष किराँतीले यस्तो बताएका हुन् ।उनले सत्तारुढ दल नेकपालाई फुटाउने आफूहरुसँग राजनीतिक अधिकार रहेको जिकिर गरे ।