बजारमा नक्कली सौन्दर्य सामग्रीहरु छ्याप्छ्याप्ती

70

पुस २,
काठमाडौं — खाद्य वस्तुसरह बजारमा नक्कली सौन्दर्य सामग्रीहरु पनि छ्याप्छ्याप्ती रहेको पाइएको छ ।
बहुराष्ट्रिय कम्पनीहरुले टे«ड मार्क चोरीको उजरी परेपछि उद्योग विभागले खोजबिन गर्दा त्यस्ता वस्तु फेला पारिएको हो ।
उद्योग विभागका अनुसार कम्पनीहरुले दिएको उजुरीका आधारमा प्रहरीको सहयोगमा छापा मारेपछि नक्कली पुष्टि भएको हो ।
उजुरीको आधारमा विभिन्न स्थानमा छापा, बिल भर्पाइका आधारमा अनुसन्धान गर्दा ट्रेड मार्क चोरी गरिएको पाइयो, विभागका महानिर्देशक विनोदप्रकाश सिंहले भने, बढी चलेका ब्रान्डका नाम चोरी गरिएका सामान बिक्री भएको पाइयो