पूर्वराजा पोखरामाः राजतन्त्रको पक्षमा नारा घन्कियो

102

पुस २,
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकहरुले पोखरामा भव्य स्वागत गरेका छन् । सोमबार बिहान पोखरा विमानस्थलमा उत्रिएका पूर्वराजा शाहलाई भव्य पुष्पगुच्छासहित उनका समर्थकहरुले स्वागत गरेका हुन् । पूर्वराजा शाह विमानस्थलमा उत्रिएलगत्तै उनका समर्थकहरुले राजतन्त्रको पक्षमा नारा लगाएका थिए भने गणतन्त्रको विरोध गरेका थिए । उनीहरुले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ,’ भन्ने नारा लगाउँदै पूर्वराजाको जय जयकार गरेका थिए । पूर्वरानी एवम् पत्नी कोमल शाहसहित पोखरा पुगेका ज्ञानेन्द्रलाई हेर्न चाहने सर्वसाधारणहरुको समेत घुइँचो लागेको थियो पूर्वराजा शाह एकसाताको लागि पोखरा भ्रमणमा निस्किएका हुन् । रातोपाटी/ शिर्षक परिर्वतन