प्रदेशका उपसभामुखको एकै स्वर ‘महिला भनेर हेपियो’

46

समाचारपत्र दैनिक
पुस ३,
काठमाडौं । सातवटै प्रदेशका उपसभामुखहरूले पद दिइए पनि अधिकार नदिएर आपूmहरूलाई मूर्तिलाई जस्तो ठानिएको गुनासो गरेका छन् । सोमबार सिंहदरबारमा भएको एक भेलामा उनीहरूले यस्तो गुनासो गर्दै लामो सङ्घर्ष गरेर उक्त स्थानमा पुगेको भए पनि महिला भनेर हेपेको आरोप समेत लगाए । प्रतिनिधिसभाका उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे र राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले समेत आफूहरुलाई पनि अधिकार नदिइएको बताउनुभयो । उपसभामुखहरूले सभामुखको अनुपस्थितिमा मात्र बैठक चलाउनुपरेको, सभामुख बिरामी हुँदा, बाहिर जाँदा वा बिदा बस्दासमेत मागेरै बैठक चलाउन परेको, कर्मचारी नभएको, मर्यादाक्रम नमिल्दा कार्यक्रममा सहभागी हुन नपाएको जस्ता गुनासा गरेका थिए ।

महिलाहरु कमजोर हुन्छन् भन्ने चिन्तन चिर्न आवश्यक रहेको बताउँदै प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले भन्नुभयो– ‘कहिलेकाँही राती फोन गर्दा र सँगै फोटो खिच्दा पनि शंका गरिन्छ, हामी नै न्याय माग्न कहाँ जाने रु’
पूर्व राज्यमन्त्री समेत रहनुभएकी तामाङले प्रदेशका सांसदको जस्तो पनि भनाइ समाचार बन्ने तर आफ्नो कडा भनाइ कतै नआउनु दुःखद् भएको टिप्पणी गर्नुभयो । उहाँले जनताका धेरै गुनासालाई सम्बवोधन गर्न आफू संसदमा बोल्न नपाएको खुलासा गर्दै थप्नुभयो– ‘मुर्तिजस्तो बस्नुपरेको छ । प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोखरेलले कर्मचारीको अभाव ठूलो समस्या भएको बताउनुभयो । ३ तहबीच समन्वय नहुँदाको अलमल फुकाउन संघीय सरकारले पहल गर्नुपर्ने उहाँको सुझाव थियो । निजामती सेवाका कर्मचारीभन्दा संसद सेवाका कर्मचारीलाई संसद सचिवालयमा पठाउनुपर्ने पोखरेलको सुझाव थियो ।