ललितपुर महानगरपालिका सय वर्षमाः कोही कसैमा रौनक देखिएन

95

नेपाल समाचारपत्र, पुस ३
ललितपुर । कला संस्कृतिको नगरी ललितपुर महानगरपालिका स्थापना भएको सोमबार १ सय वर्ष पुगेको छ । यसै अवसरमा आयोजित शतवार्षिकी कार्यक्रमले भने जनप्रतिनिधि, कर्मचारी र नगरवासीमा खासै रौनक छाएको देखिएन । यस अघि स्थापना दिवसको कार्यक्रम जसरी चलिरहेको थियो, १ सय वर्षको कार्यक्रम पनि खासै फरक भएको अनुभूति उपस्थिति अधिकाशंले गर्न सकेन । कार्यक्रम पछाडि घाम ताप्दै बसिरहेका जनप्रतिनिधिहरु समेत कार्यक्रमबाट उत्साहित देखिएन।