तामाङले गरे तीस लाखको जग्गादान

97

पुस ३,
उदयपुर । बेलका नगरपालिका–४ का ६६ वर्षीय डम्बरबहादुर तामाङले बेलका नगरपालिका–४ को वडा कार्यालयको नयाँ भवन निर्माणका लागि रु ३० लाख मूल्य बराबरको डेढ कट्ठा जग्गादान गर्नुभएको छ । सुनसरी–चतरा–गाईघाट–कटारी, सिन्धुली–हेटाँैडा हुँदै काठमाडौँ जोड्ने वैकल्पिक राजमार्गको मुखैमा रहेको जग्गा तामाङले वडा कार्यालयलाई दान गर्नुभएको हो । सो जग्गा जिल्ला मालपोत कार्यालयमा हालै पास गरिदिएको बेलका नगरपालिका–४ का वडाध्यक्ष दीपक दङ्गालले बताउनुभयो । तामाङले यसअघि वडा नम्बर ४ को गुरुङचौरीमा रहेको रु ४० लाख बराबरको चार कट्ठा जग्गा विद्यालय भवन निर्माणका लागि दान गर्नुभएको थियो । तामाङ भूपू बेलायती गोर्खाली सेना हुन् । “बूढेसकालमा भए पनि देशको सेवा गर्ने अवसर पाए,” जग्गादान गरेपछि तामाङले भन्नुभयो । -रासस