सुन जस्तो देखिने पहेंलो धातु सहित विमानस्थलबाट एकजना पक्राउ

171

पुस ३,
काठमाडौं– प्रहरीले सुन जस्तो देखिने ५१२ ग्राम पहेंलो धातु सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ्ग एरियामा चेकजाँच गर्ने क्रममा कतार एयरवेयजको फ्लाईटबाट आएका चितवन, भरतपुर महानगरपालिका २३ बस्ने ३२ बर्षीय अमित घिसिङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनको साथबाट प्रहरीले सुन जस्तो देखिने ४ थान बिस्कुट र १ थान बाला बरामद गरेको छ । यस सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।