नम्बर बढाउन सेक्स माग्ने शिक्षकलाई जेल सजाय

167

पुस ३,
नाइजेरियाका प्राध्यापक रिचार्ड एकिन्डेललाई छात्रासँग सेक्सको माग गरेको अभियोगमा सोमबार जेल सजाय तोकिएको छ ।
सिएनएनका अनुसार एकिन्डेलले मोनिका ओसागीको नम्बर बढाउनका लागि उनीसँग सेक्सको माग गरेका थिए । उनलाई छात्रामाथि अनुचित व्यवहार गरेको, आफ्नो उमेर ढाँटेको र प्रमाणमा फेरबदल गरेको आरोपमा दुई वर्षको जेल सजाय तोकिएको छ ।