यमुनाको बालकथा संग्रह ‘फुलका गहना’ प्रकाशित हुदैं

207

पुस ५,
काठमाडौं । बालसाहित्य क्षेत्रमा कलम चलाउदैं आएकी साहित्यकार यमुना पराजुली अधिकारीको नयाँ कृति सार्वजनिक हुने तयारीमा रहेको छ । केही समय अगाडी सडक दुर्घटनामा परी घरमा नै आराम गरीरहेकी यमुनाले बालकथा संग्रह ‘फुलका गहना‘ प्रकाशित हुने अन्तिम तयारीमा रहेको जानकारी दिएकी छिन् । उक्त कथा संग्रहमा बालमनोविज्ञानमा आधारीत ६ वटा कथा रहेको छ । जसमा फुलका गहना, जिद्दी साथी, बाँसको पिच्कारी, नयाँ कोटलगायतका कथाहरु समावेश भएको समेत उनले बताइन् । इर्टनल पब्लिकेशन प्रा.लीले प्रकाशित गर्ने यो कथा संग्रहमा कृष्ण गोपाल श्रेष्ठले कोरेको चित्रले झनै आर्कर्षित बनाएको छ ।