डिभोर्सको वार्षिकोत्सव मनाउने तयारीमा मिना ढकाल

186

पुस १०,
काठमाडौं । केही दिन अगाडी एक साहित्यकारले डिभोर्सपछि आफ्नो पतिसंग बसेर चिया वार्ता गरेको समाचार बाहिर आएको थियो । हाल आएर हास्य व्यंग्य कलाकार मनोज गजुरेलले पूर्वपत्नी मिना ढकालले डिभोर्सको वार्षिकोत्सव मनाउने भएकी छन् । श्रीमानसँग डिभोर्स भएको एक वर्ष पुरा भएको अवसरलाई उत्सवका उनले भोली अर्थात बुधबार डिभोर्सको वार्षिकोत्सव मनाउने तायरी गरेकी हुन् ।

नयाँ बानेश्वरस्थित बुटिकमा चियापान आयोजना गरेर वार्षिकोत्सव मनाउन लागेको र सबै सुभ चिन्तकहरुलाई आमन्त्रण गरेको फेसबुक मार्फत जानकारी गराएकी छन् । उनले लेखेकी छन्, ‘भोली ११ गते म स्वतन्त्र भएको एक वर्षको उपलक्ष्यमा मेरा आत्मिय सुभचिन्तकहरुलाई चियापानको लागि आमन्त्रण गर्दछु ।’ डिभोर्स अगाडिसम्म गुमनाम रहेकी मिना त्यसपछि भने कहिले गीत गाएर त कहिले अन्तरवार्ता दिएर लगातार चर्चामा रहिन् ।