सडक मानव व्यवस्थापन गर्न चाँगुनारायण नगरपालिकाको अग्रसरता

166

पुस १०,
भक्तपुर । सडक मानव व्यवस्थापन गर्न चाँगुनारायण नगरपालिकाको अग्रसरता दिने भएको छ । नगरपालिकामा आयोजित एक कार्यक्रममा नगरप्रमुख सोम मिश्रले उक्त कुरा बताएका हुन् ।
उनले भक्तपुरको यातुमहादेव नजिकै रहेको मानव कल्याण समाज पारिवार र समाजकि सन्चालिका सुमित्रा चौलागाईलाई मानवीय कार्यमा सदैव अगाडि बढ्न आग्रह समेत गरे । नगरपालिकाकी उपप्रमुख बिना बास्तोला, सुर्यबिनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाललगायतले बेवारिसे सडक मानवको सेवासङ्गै यसको दिर्घकालिन समाधान तर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । २०७५ साल बैशाख २४ गतेबाट भक्तपुरका सडक तथा सार्वजनिक स्थलहरुमा कस्टकर जीवनयापन गर्न बिवस सबै उमेर समुहका अशक्त अनाथ अपाङ्ग असहाय र मनोरोगी ब्यक्तिहरुलाई सेवा गर्दै आएको छ ।