मदरल्याण्ड स्कुलका विद्यार्थी ताईक्वांडो प्रतियोगिता भाग लिन भारत प्रस्थान

271

पुस १०,
भक्तपुर । भारतको चेन्नईमा यही डिसेम्बर २८-३० सम्म आयोजना हुने अंन्तराष्ट्रिय ताईक्वांडो प्रतियोगिता २०१८ मा ताईक्वांडो आइटीएफ नेपालको तर्फबाट सुनपा ९ भक्तपुरको मदरल्याण्ड स्कुलका ४ खेलाडि चेन्नई प्रस्थान गरे । मदरल्याण्ड स्कुल प्रांगणमा भक्तपुर क्षेत्र नं २ का माननीय सांसद तथा पूर्व मन्त्री महेश वस्नेतले उक्त खेलाडीहरुलाई नेपालको झण्डा हस्तान्तरण गरी शुभकामना विदाई गरेका छन् । विद्यालयका कक्षा ९ उमेर १५ वर्षको अमृत माँझीले ४० केजि तौल समूहको स्पारिंग र ब्लू बेल्ट तर्फ, कक्षा १० उमेर १५ वर्षकी अस्मिताले ४५-५०केजि तौल समूहको स्पारिंग र ब्लू बेल्ट तर्फ, कक्षा ९ उमेर १५ वर्षकी सोनिशा त्यातले ४०् केजि र ग्रीन बेल्ट तर्फ, कक्षा ८ उमेर १३ वर्षकी सुरक्षा थापाले ३५-४० केजि स्पारिगं र ग्रीन ब्लू बेल्ट तर्फ प्रतिस्पर्धा गर्ने छन साथै यसै खेलमा काभ्रेका रूपक खड़काले १४ वर्ष उमेर समूहको ४५ केजि तौल स्पारिंग र ब्लू देखि रेड बेल्ट समूहको तर्फ खेल्ने प्रिन्सिपल संजय खड्का बताए ।