कविताः नकाप भित्रका दुश्मन

251

-पवित्रा आर्चाय,

मेरो पछिका दुस्मन
अघिका शुभचिन्तक हरु
अगाडि हात जोडेर
पछाडि बाट हतियार उठाउने
म तिम्रो त्यो खुबि लाई मान्छु
खुलेर तारिफ पनि गर्छु
अनि जिन्दगीको पढाइमा
एउटा ज्ञानको रुपमा स्विकार गर्छु
किनकि त्यो
अधभुत शक्ति म मा छैन ।

पछि कुरा काट्दै
अघि शुभचिन्तक को
धारिलो खोल ओडेर
आफ्ना भन्दा अझ आफ्ना
निकट पनि धेरै निकट
बन्न खोज्ने
वा तिम्रो कला

घरमा पाल्ने
एउटा जनावरले त
बुझ्छ आफ्नोत्व
देखाउँछ प्रेम
हे मूर्ख मत मानव हो
संसारको सर्वश्रेष्ठ प्राणि
आफ्नो स्वार्थ पूरा गर्न
अघिबाट आफ्नो बनाएर
शुभचिन्तक बनेर
पछिबाट लडाउन तयार रहन्छौ ।

हो थोरै भावनामा डुबौला
तर,
बुझ्न त बुझ्छु म पनि
तिम्रो नकाप भित्रको चेहरा
बाहिर हेर्दा सामान्य तर
भित्र भयानक डरलाग्दो

समय सँगै तिम्रो
शुभचिन्तक नामको
नक्कली स्वरुप पढ्दै गर्दा
अवसरवाद को घुम्टो देखिएपछि
मलाई तिमीप्रति दया लाग्छ ।

म सोच्छु,
तिम्रो बचपनामा
मेरै आलोचना
गरेर मेरै नक्कल किन ?
अनौठो चरित्र तिम्रो
आफुलाई बदल
नभए कुनै दिन ऐना ले
पनि तिम्लाई गिज्याउने छ
हे मेरा नकाप भित्रका दुस्मन ।