राम्चे ढुङ्गामा पर्यटन मेला सुरु

179

पुस १३,
बागलुङ ।
गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले गलकोट प्राकृतिक रुपमा श्रोत र साधनले धनी रहेकोले पर्यटन प्रवर्दन गर्न गलकोट नगर प्रतिवद्व रहेको बताउनु भएको छ । राम्चे ढुङ्गा पर्यटन विकास केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङले आयोजना गरेको प्रथम पर्यटन मेला २०७५ को उदघाटन गर्दै यस्तो बताउनु भएको हो । हामीले सम्भावनाको खोजी गर्दै गर्दा गलकोटका धेरै ठाउले विकास पर्खेर बसेको भन्दै नगरपालिकाले क्रमश त्यि कुराहरुलाई अगाडि बढाउने काउचाको भनाई छ । राम्चे ढुङ्गाबाट साहसिक खेल प्यारागलाईडिङ उडान सफल भईसकेकोले अब यसको विकासमा सबै एकजुट हुनुपर्ने काउचाले बताउनुभयो । भौगोलिक विकटताका कारण भनें जस्तो विकास गर्न नसकिएको भन्दै सक्ने योजना नगरबाटै र नसक्ने थप योजना प्रदेश र संघमा पठाई समृद्व गलकोट निर्माणमा सहकार्य गरिने नगर उपप्रमुख काउचाको भनाई छ ।

पर्यटन मेलामा गलकोट नगरपालिका वडा नं ७ का कार्यवहाक अध्यक्ष लोक बहादुर थापा, गलकोट सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसे, नेपाली कॉग्रेस गलकोट नगरपालिका वडा नं ७ का सभापति चिरञ्जीवी मरासिनी र समाजसेवी वसन्त क्षेत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा राम्चे ढुङ्गा पर्यटन विकास केन्द्र पर्यटन मेलाका कार्यक्रम संयोजक थम्मन थापा सन्देशले राम्चे ढुङ्गालाई के कसरी पर्यटकीय स्थल बनाउन सकिन्छ भन्ने विषयमा अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो । मेलाको अवसरमा आजदेखि सञ्चालन भएको वडा स्तरिय भलिबल प्रतियोगितामा गलकोट क्षेत्रका १३ समुहको सहभागिता रहेको छ । आज भएको उदघाटन खेलमा सिद्वभैरव सुनचादी पसल आगॉखेतलाई पराजित गर्दै डॉडाखेत र निलुवा युवा मञ्चलाई पराजित गर्दै खडग कालिका युवा कल्व बॉसखोला दोस्रो चरणमा प्रवेश गरेका छन ।

पौष १५ गते सम्म सञ्चालन हुने राम्चे ढुङ्गा पर्यटन मेलामा विविध खेलकुद, सांस्कृतिक कार्यक्रम, स्थानिय पञ्चेबाजा, सोरठी, सामुहिक लोक नृत्य सॅगै राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ । पर्यटन मेलामा स्थानिय अर्गानिक खानाहरु मुख्य आकर्षणको रुपमा रहेका छन । पर्यटन मेला राम्चे ढुङ्गा पर्यटन विकास केन्द्र मल्मका अध्यक्ष अम्मर थापा विष्णुको अध्यक्षता, ज्ञान बहादुर थापाको स्वागत र केहरसिंह थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।