नयाँ वर्ष मनाउन आउनेलाई नगरकोटका होटलले यसो गरेपछि

69

पुस १६,
नगरकोट । अंग्रेजी नयाँ वर्ष सन् २०१९ मनाउन पर्यटकिय स्थल नगरकोटमा आन्तरिक पर्यटकहरुको घुइचोँ हुने भएको छ ।
अंग्रेजी नयाँ बर्ष सन २०१९ आउन एक हप्ता अगाडी वाट नगरकोटका प्रायः सवै होटलहरु बुकिंग भैसकेको होटल व्यवसायीहको भनाई रहेको छ । भक्तपुर र काभ्रेको सिमाना रहेको नगरकोटमा अंग्रेजी नयाँ बर्ष मनाउन विदेशीभन्दा पनि आन्तरिक पर्यटकले होटल बुकिंग गरेका मेरिगोल्ड होटलका संचालक गोकुल लामिछानेले बताए । पर्यटक लोभ्याउने होटलको खाना र बस्ने प्याकेजमा छुट सहितको विभिन्न सांगीतिक कार्यक्रमहरु समेत उनले बताए । नयाँ बर्षको सुर्योदय र मनोरम हिमालको दृश्यावलोकनका लागि पर्यकटहरु नगरकोट पुग्ने गरेका छन । नयाँ बर्षका लागि भन्दै यहाँका होटल व्यवसायीहरुले पर्यटकलाई आर्कषित गर्न छुट सहितको नयाँ प्याकेज ल्याउनुका साथै विभिन्न सांगितिक कार्यक्रम समेत राखेका छन ।

होटल व्यवसायीहरुले १० देखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको बोजिनी नगरकोट रिर्सोटका संचालनक दामोदर दंगालले बताए । विदेशी पर्यटकहरुले भिरिभराउ हुने नगरकोट क्षेत्र अहिले भने आन्तरीक पर्यटकलागि गन्तव्यस्थलको रुपमा परिचित हुन थालेको छ । यहाँ आउने पर्यटक मध्य विदेशी भन्दा पनि आन्तरिक पर्यटकले खर्च बढी गर्ने भएकाले पनि व्यवसायीहरुले आन्तरिक पर्यटक लोभ्याउने गरेका छन् ।

नगरपालिकाले लगाएको पर्यटक शुल्क र नगरकोट आउने वाटो कै कारण विदेशी पर्यटकको संख्या घटेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव धनबहादुर लामको गुनासो रहेको छ । नगरकोट क्षेत्रको पर्यटन विकासका लागि व्यवसायीहरुले नयाँ बर्षको लागिमात्र नभई अन्य दिन हरुलाई पनि विषेश वनाउन नयाँ नयाँ कार्यक्रमहरु ल्याउन पर्ने देखिन्छ ।
सडकको खराव अवस्था स्थानीय सरकारको कर नीतिले पछिल्लो समय नगरकोटमा बाह्य पर्यटकहरुको कमी हुदैं गएको छ ।
आन्तरिक पर्यटहरुकले नै साना तथा मझौला होटलहरु चल्ने गरेको पर्यटन व्यवसायीहरुको भनाई रहेको छ ।