लागुऔषध सहित दुई जना पक्राउ

188

पुस १६,
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले लागूऔषध सहित एक महिला र एक जना पुरुषलाई पक्राउ गरेको छ ।
परिसरका सूचना अधिकारी प्रनाउ रेवती रमण पोखरेलका अनुसार आइतबार सूर्यविनाकय नगरपालिका वडा नम्बर ५ कटुन्जेबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार कटुञ्जे एकता टोल स्थित लक्ष्मी शाहीको घरको दोस्रो तलामा रहेको कोठाभित्र लागुऔषध कारोबार गरिरहेको बिशेष सूचनाका भारत बिहार जिल्ला पुर्वी चम्पारण ग्राम खटुवा धनहर घर भइ सोही स्थान बस्ने बर्ष २५ को अमित कुमार रहेका छन् ।
स्थायी ठेगाना बाँके कोहलपुर नगरपालिका चपरगौरी घर भएकी स्वय्म घरभेटी ४९ वर्षकी शाही समेत लागूऔषध विक्रि वितरण कार्यमा संग्लन रहेको प्रहरीको भनाई छ ।
प्रहरीले उनीहरुको साथबार्ट नुफिन ३०० पिस, फेनेरगन ३०० पिस, डाईजेल्याब ३०० पिस गरी जम्मा ९०० एम्पुल लागूऔषध र नगद अट्चालिस हजार रुपैयाँ सहति पक्राउ गरेको जानकारी दिएको छ ।
उनीहरुलाई महनगरीय प्रहरी वृत जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सोमबार लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको समेत प्रहरी नायव उपरिक्ष पोखरेलले बताए ।