ललितपुरमा विकास वहसका लागि नागरिक समुह

174

पुस २१,
ललितपुर । महालक्ष्मी नगर पालिका ललितपुरमा विकास वहसका लागि नागरिक समुह गठन भएको छ ।
फ्रेन्डस सर्भिस काउन्सिल नेपालका संस्थापक अध्यक्ष सूर्य बहादुर थापाको अध्यक्षतामा र प्रदेश नं ३ का माननीय सांसद माधव पौडेलको प्रमुख आतिथ्यमा उक्त समुहको बैठक शनिबार बसेको हो । विकास वहसका लागि नागरिक समुहको उदेस्य र महत्वको वारेमा संस्थाका संस्थापक अध्यक्ष सूर्य वहादुर थापाले वताउनु भएको थियो । वैठकले नगरपालिका क्षेत्रका विभिन्न विषयगत समसामयिक विषयहरूमा नियमित छलफल अन्तरक्रियाहरू संचालन गर्ने र समस्याहरूको समाधानका लागि सामुहिक प्रयास गर्ने निर्णय गरिएको छ।

यसको साथै नगर पालिका क्षेत्रका जनताहरूको ज्ञान वूर्दि र क्षमताअभिवूर्दिका लागि समेत प्रशिक्षण मुलक कार्यक्रमहरू समेत संचालन गर्ने निर्णय गरेको छ। नगर पालिकको समस्याको रूपमा रहेको खानेपानी, सड़क निर्माण, यातायात व्यवस्थापनका लागि विशेष पहल गर्ने र सम्वन्धित निकायहरूमा दवाव समेत दिने भएको छ। महालक्षमी नगर पालिकाले नगर पालिकालाइ एकिकूत पर्यटन विकासको रूपमा अगाडी वढाउन लागिएको दिर्घकालिन कार्यक्रमलाइ सफल पार्नको लागि समेत नागरिक समाजको तर्फवाट हरेक हिसाबमा सहयोग गरि जनताको सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक लगाएत सबै क्षेत्रको विकासमा यो वहस समुहले सहयोग पुरयाउने निर्णय गरिएको छ। यस समुहमा नगर पालिका क्षेत्रका सबै वडाका सामाजिक अगुवाहरूको प्रतिनिधित्व रहेको छ। फ्रेन्डस सर्भिस काउन्सिलतको तर्फवाट प्राविधक र व्यवस्थापनमा सहयोग पुर्याउनेछ।