दशौं वर्षदेखि महिला कोमामा: तर बच्चा जन्माएपछि हंगामा

157

पुस २२,
काठमाडौं । दशकौंदेखि अस्पतालमा कोमामा रहेकी एक महिलाले बच्चा जन्माएपछि शनिबारअमेरिकोको एरिजोनास्थित फिनिक्स प्रहरीले यौन हिंसा मुद्दामा अनुसन्धान अघि बढाएको छ । एक दशकअघि डुबेर असक्त भएकी ती महिला हेसिएन्डा हेल्थकेयर अस्पतालको कोमामा थिइन् । स्थानीय मिडियाका अनुसार डिसेम्बर २९ मा उनलाई गर्वको कारण प्रसव पीडा सुरु भएको थियो । रिपोर्ट अनुसार त्यस अघि कसैलाई पनि उनी गर्भवति भएको थाहै थिएन । त्यही कारणले स्वाथ्यकर्मीहरु उनको पीडाको आवाज सुनेर, त्यसको कारणलाई लिएर अलमलमा परेकी थिइन् ।

हेसिएण्डा हेल्थकेयरका प्रवक्ता डेभिड लेइबोविचले आफूहरुलाई यस ‘अत्यन्त घृणीत घटना’बारे हालैमात्र जानकारी भएको र यसमा आफूहरुको एक स्टाफको संलग्नता रहेको बताए । उनले शंकास्पद कर्मचारीलाई डीएनए परीक्षण गर्न भनिएको नभनिएकोबारे बताउन अस्वीकार गरे । “संघीय र राज्यका गोपनीय कानुनहरुले हामीलाई सार्वजनिक रुपमा बिरामीको स्वास्थ र केसबारे कुरा गर्न बन्देज लगाएको छ । हेसिएन्डाले कानुन प्रशासन तथा अन्य सबै सान्दर्भिक नियामक एजेन्सीहरुसँग यो सन्दर्भमा निरन्तर पूर्ण सहकार्य गरेको छ र पछि पनि गर्नेछ ,” लेइवोनिचले इमलेमा भने ।

‘एरिजोना कोलिसन टु इण्ड सेक्सुअल एण्ड डोमेस्टिक भ्वाइलेन्स’का प्रमुख रणनीतिक अधिकृत तथा पीडित वकिल ताशा मेनकरले अस्पतालमा रोजगार सम्पूर्ण पुरुषको डीएनए परिक्षण गरिनुपर्ने बताइन् । हेसिएन्डा हेल्थकेयरले आफूलाई एरिजोना राज्यमा नाजूक र दीर्घ रोगीका साथसाथै वौद्धिक र विकासात्मक असक्तता भएका शिशु, बालबालिका, किशोरकिशोरी तथा युवाहरुलाई प्रदान गरिने विशेष चिकित्सक सेवाको प्रमुख प्रदायकको रुपमा व्याख्या गरेको छ । एरिजोना राज्यका गर्भनरका प्रवक्ता डग डुसेले रिपोर्ट ‘अत्यन्त चिन्ताजनक’ भएको र राज्यले बिरामीका सुरक्षाको प्रत्याभूत गर्नका लागि कन्ट्रयाक्ट र नियामक अधिकारबारे पुनरमूल्याङ्कन गर्ने बताए । एजेन्सी/रातोपाटी