पत्रकार महासङ्घ भक्तपुरले मनायो स्थापना दिवस

135

पुस २३,
भक्तपुर । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरले आज २२औँ स्थापना दिवस मनाएको छ । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश अध्यक्ष नारायणकुमार दाहालले लोकतन्त्र आइसक्दा पनि पत्रकारले निर्धक्क भएर समाचार लेख्न सक्ने अवस्था नआएको बताउनुभयो । महासङ्घका भक्तपुर शाखा अध्यक्ष पुष्करराज बुढाथोकीले क्रियाशील पत्रकारको हकहितका लागि महासङ्घ सदैव अग्रसर रहने बताउँदै देशको समग्र परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पत्रकारले समृद्धि र विकासका लागि पनि आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गनुपर्नेमा जोड दिनुभयो । उपत्यका प्रदेशका महासचिव सृजन झा, सचिव अमर भुजू, भक्तपुर शाखाका संस्थापक अध्यक्ष रमेश खड्का, पूर्वअध्यक्ष विकल श्रेष्ठलगायतले मर्यादित पत्रकारिता गर्नुपर्ने बताउनुभयो । -रासस