भक्तपुरमा ए.टि.एम मेसिन फुटाएर चोर्ने प्रयास

164

पुस २३,
भक्तपुर । महानगरिय प्रहरी परीसर भक्तपुरले बैंकको ए.टि.एम मेशिन फुटाएर चोरी गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ए.टि.एम मेसिन फोरी चोरी गर्न खोज्ने काभ्रे तेमाल गाउँपालिका–२ घरभई हाल बनेपा बस्ने बर्ष ३९ को रमेश पाण्डे र सूर्यबिनायक बस्ने बर्ष २६ को दिनेश सुकुभुटुलाई पक्राउ गरेको हो ।
उनीहरुले गत बुधबार राती करिब ९ बजेको समय भक्तपुर सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ स्थित सानिमा बैकंको ए.टि.एम मेसिन फोरी चोरी गर्न खोजेको परिसर भक्तपुरका सूचना अधिकारी प्रनाउ रेवती रमण पोखरेलले बताए ।
बैकंले दिएको निबेदनको आधारमा अनुसन्धान गर्दा सोमबार महानगरीय प्रहरी वृत्त जगाती खटिएको प्रहरी टोलीले उनीहरुलाई सूर्यबिनायकबाट नियन्त्रणमा लिईएको र थप अनुसन्धान कार्य भईरहेको समेत प्रनाउ पोखरेलले जानकारी दिएका छन् ।