आँखालाई इन्फेक्सनबाट बचाउन यसो गर्नुहोस्

126

काठमाडौं । आँखा मानिसका लागि महत्वपूर्ण अंग हो । र, यो संवेदनशील पनि हुन्छ । स–साना कुरामा विचार नपु(याउँदा आँखामा इन्फेक्सन हुन्छ । केही सावधानी अपनाउन सकेमा आँखाको इन्फेक्सन हुनबाट बच्न सकिन्छ ।
-आँखाको सुरक्षाका लागि घरबाहिर निस्कँदा अनिवार्य रूपमा चस्मा प्रयोग गर्नुपर्छ । टाउकोमा ह्याट लगाउने बानीले पनि आँखामा सीधै कीटाणु प्रवेश गर्न पाउँदैन ।
लरूखमा पालुवा पलाउने र फूल फुल्ने मौसममा सकेसम्म रूखको फेदमा लामो समयसम्म बस्नु हुँदैन ।
-बाहिरबाट घर आइसकेपछि अनिवार्य रूपमा साबुनपानीले हात धुनुपर्छ । अनि मात्र अरू सामग्री छुने बानी गर्नुपर्छ । यसो गर्दा संक्रमणबाट बच्न सकिन्छ ।
– घरीघरी आँखा छुने वा मिच्ने बानी गर्नुहुँदैन । यसो गर्दा आँखामा कीटाणु प्रवेश गरी जटिल खालका समस्या पनि देखिन सक्छ । -नयाँ पत्रिका