मसानघाटमा लाश ल्याएपछिः विद्यालयमा यस्तो तनाव

83

पुस २७,
भक्तपुर ।  भक्तपुर नगरपालिका क्षेत्रमा मात्र सातवटा घाट रहेका छन् । ब्रम्ह्मायणी, हनुमान, काली, चुल्पीङ्गलगायतकाघाट छन् । तेही मध्यको भक्तपुर नगरपालिका वडा ७ मा हनुमानघाट नजिकै छन्, बालसेवक र चण्डेश्वरी आधारभूत विद्यालय ।बीचमा हनुमान्ते नदि, दायाँबायाँ घाट, त्यहिँ छन् दुई विद्यालय । हनुमान्ते नदि भक्तपुर जिल्लाको मध्य भाग भएर बग्छ । मानिसको जिवनको मृत्युपछिको अन्तिम समयमा हिन्दु धर्म अनुसार नदिको किनारामा रहेको घाटमा लगिन्छ । पैदल दूरीको हिसाबले करिब ३ मिनेटमा यी दुई विद्यालयमा पुगिन्छ । तर मसानघाटको नजिकै भएकाले दुई विद्यालयले भोग्दै आएको समस्या उस्तै–उस्तै छन् ।
घाट मानविय सभ्यता सुुरु भएसंगै निश्चित स्थानमा रहे । तर विद्यालय भने शिक्षाका विभिन्न चरणपछि सुरु भएको विद्यालय शिक्षा थालनी भएपछि मात्र स्थापित भए । घाटमा संस्कृति, परम्परा र सभ्यता जोडिन्छ । विद्यालयमा तेही संस्कृति र परम्परा जोगाउने देशका धरोहरलाई शिक्षा दिइन्छ । त्यसैले दुबैको महत्व निकै छ । एक स्थानीयले कुरा गर्दै भने ‘घाट हाम्रो सभ्यता हो, यसलाई सार्न सकिदैंन, तर विद्यालय त सकिन्छनी ?’
भक्तपुर नगरपालिका र मध्यपुरमा भने सामुदायिक र संस्थागत विद्यालय मसानघाट नजिकै स्थापित गरिएको छ ।
मसानघाट नजिकै भएका विद्यालयमा अध्ययन र अध्यापन गराउनेहरुलाई मानसिक र शारिरिक रुपमा असर पर्ने गरेको उनीहरुको भनाई छ ।

मध्यपुरथिमि नगरपालिका ४ मा रहेको सिवर्ड कलेज पनि घाट नजिकै छ । उक्त कलेजका एक शिक्षकले मानिसको मृत्यु भएर घाटमा ल्याएपछि झ्यालहरु बन्द गर्ने गरिएको बताए ।
कलेजले मसानघाट हुने गरेको मृत्यु संस्कारको दृश्य नदेखियोस् भनेर वरपर बोर्ड लगाएर राखेको छ ।

बालसेवक र चण्डेश्वरीलाई चर्को समस्याः
भक्तपुर नगरपालिका वडा नम्बर ७ मा रहेको हनुमानघाट नजिकै भएका बालसेवक र चण्डेश्वरी आधारभूत विद्यालयमा सानासाना बालबालिकाहरु अध्ययन गर्दछन् । उनीहरुको बालमनोविज्ञानमा कस्तो असर पर्ला ?
हामीले गरेको प्रश्नको उत्तरमा चण्डेश्वरी आधारभूत विद्यालयकी प्रार्चाय रिता लाखेमरुले भनिन् ‘लाश जलिरहेको दृश्य र आउने दुर्गन्धले निकै असजिलो हुन्छ, त्यसमाथि खोलाको दुर्गन्ध त छदैं छ । ’
यो विद्यालयमा हाल १ सय १५ जना विद्यार्थी अध्ययन गर्दै आएका छन् । ११ जना शिक्षकहरु कार्यरत रहेको प्रार्चाय लाखेमुरुले बताइन् । चण्डेश्वरी आधारभूत विद्यालयबाट तीन मिनेटको दुरीमा हिडेर हनुमान्ते नदि तरेर पुगिन्छ, बालसेवक आधारभूत विद्यालय । जयपालहरि कायस्थ बालसेवक आधारभूत विद्यालयका प्रार्चाय (हेड सर) हुन् । वि.स २०१९ सालमा स्थापना भएको यो नगरपालिका भित्र रहेको सामुदायिक विद्यालयहरु मध्ये एक नमुना विद्यालय हो । कक्षा ८ सम्म अध्यापन हुदैं आएको बालसेवकमा २ सय ४३ जना विद्यार्थी छन् । हाल १२ जना शिक्षक शिक्षिकाहरुले यहाँ कार्यरत भएको प्रार्चाय कायस्थले जानकारी दिए ।

हनुमानघाटमा भक्तपुर नगरभित्र बसोबास गर्ने बासिन्दा, अन्यत्रका र दशनामी समाजका मानिसहरु मृत्युपछि अन्तिम संस्कार हुने गरेको छ । प्रार्चाय कायस्थका अनुसार स्थानीय एक समुदायका मानिसको मृत्यु हुदाँ विद्यालयसंगै रहेको घाटमा संस्कार गरिन्छ ।
जब मसानघाटमा लाश ल्याएको देखिन्छ, त्यसपछि विद्यालयमा बस्न सकिने वातावरण हुदैंन, विद्यार्थीलाई कि त बिदा दिनु प¥यो कि घुमाउन लानु पर्दछ, उनले भने ।
स्कुलनै सार्नु प¥यो भनेर जनप्रतिनिधी आएपछि विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरेर निवेदन दिएको समेत कायस्थले बताए । उनका अनुसार घाटमा लाश जलाउन थालेपछि धुवाँको दुर्गन्ध आउने गर्दछ, त्यसपछि विद्यार्थी तथा शिक्षकहरुलाई रिंगटा लाग्ने मनोवैज्ञानिक त्रास पैदा हुने गरेको छ ।

विद्यालय सार्न तत्काल सकिदैंनः नगरप्रमुख प्रजापति
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घाट वरपरका विद्यालय तत्कालै सार्न नसकिने बताए । उनले भने ‘नगरपालिकासंग पर्याप्त जमिन छैन्, धेरै विद्यालयहरुले जग्गा माग्नु भएको छ दिन सकिने अवस्था छैन् ।
नगपालिकाले हमुमान्तेघाट र नदि वरपर भएका विद्यालयहरुमा असर कम गर्न वरपरका फोहोर हटाउने, पानी जम्न नदिनेलगायतका कार्य गर्दै आएको समेत नगरप्रमुख प्रजापतिले बताए ।
भक्तपुरमा आर्दश आजाद, बालसेवक, चण्डेश्वरी, शान्ति निकेतन, सिवर्डलगायतका केही विद्यालयमा घाट तथा वर्षामा आउने बाढीको कारणले समस्या हुदैं आएको छ । घाट र वर्षाका कारणबाट हुने विभिन्न समस्या समाधानका लागि सम्बन्धीत निकायले समयमै ध्यान दिनुपर्ने देखिन्छ ।