‘रणवीर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

231

पुस २९,
काठमाडौं । गोविन्द सिंह भण्डारी निर्देशित फिल्म रणवीरको ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन र थ्रिल फिल्ममा सुशील सिटौला, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवी गिरी, हरिहर शर्मा, टिका पहारी, नरेश पौडेल, भोला राज सापकोटा, जीवन भट्टराई, जगदिष रिजाल, बसन्ती भट्ट लगायत कलाकारहरुको अभिनय रहेको छ ।
‘रणवीर’को ट्रेलर यस्तो छः

कथा, पटकथा, संवाद निर्देशक गोविन्दको रहेको छ । महेश पौडेलले छायाँकन गरेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । फिल्ममा चन्द्र पन्तको द्वन्द्ध, गम्भिर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । यो फिल्म माघ १८ गते देखि रिलिज हुँदैछ । –रमाइलोछ बाट