स्वास्थ्यमा समस्या आएपछि डा. गोविन्द केसी अस्पतालमा

45

काठमाडौँ, पुस ३०
इलाममा १६औं अनसन बसिरहेका डा. केसीलाई स्वास्थ्यमा समस्या आएपछि इलाम अस्पतालमा सारिएको छ। सहरी विकास भवनमा अनशनरत डा. केसीको मुटुको चाल अनियमित भएपछि सोमबार बिहान ९ बजे अस्पताल सारिएको केसीका सहयोगी डा. अभिशेक सिंहले जानकारी दिए।

अस्पताल सार्ने क्रममा डा. केसीले आफू विरामी नभएको भन्दै अस्पताल जानुनपर्ने भन्दै बरु माग पूरा गर्न आग्रह गरेका थिए।

तर केसीको अवस्था थप गम्भीर भएपछि उनलाई एम्बुलेन्समा राखेर इलाम अस्पताल पुर्‍याइएको हो। डा. केसीले समर्थकलाई हात हल्लाएर अविभादन गरेका थिए ।

दोस्रो दिनदेखि नै छातिको दुःखाई, खोकीलगायतका समस्या सुरु भएकोमा पाँचौ दिन आइतबारदेखि मुटुको चालसमेत अनियमित भएको थियो। डाक्टर केसीको स्वास्थ्य अवस्था हेरिरहेका डाक्टर रामकृष्ण आचार्यका अनुसार दाहिने फोक्सो पनि राम्रोसँग खुलेको छैन। छातिमा संक्रमण भइसकेको अनुमान गरिएको छ। पिसाब कम आउन थालेको छ। शरीरमा पानी र इलेक्ट्रोलाइट्सको मात्रा कम भएको छ।