वाइडबडीमा मेरो कुनै संलग्नता छैन ;सभापति देउवा

93

धनगढी, पुस ३०
नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरीदमा भएको अनियमितता आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। नेपाल प्रेस युनियनले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए। देउवाले प्रश्न गरे, ‘मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयोरु उनले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको बताउँदै घोटलामा पनि आफू नभई ओली र प्रचण्डको संलग्न रहेको बताए। देउवाले भने, ‘वाइडबडी प्रंकरणमा मेरो हैन, ओली जी र प्रचण्डको जी को प्रत्यक्ष सलग्नता छ।’ ओली प्रधानमन्त्री भएको बेला सरकारले नै जहाज खरिदका लागि उपसमिति गठन गरेको र प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकार जमानत बसेर बोलपत्र खरिद गर्ने निर्णय भएको बताए।