भूकम्पपीडिताई व्यवसाय गर्न ५ प्रतिशत ब्याजदरको सहुलियत ऋण दिदैछौँ

76

पुस २,
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस । यो दिवसको अवसर पारेर विभिन्न खाले कार्यक्रमहरु भइरहेका छन् ।
यता, गत वैशाख १२ गते गएको विनासकारी भूकम्पपछि भौतिक संरचनाहरुको पुनर्निर्माणको काम पनि भइरहेको छ । पुनर्निर्माणको नेतृत्व गर्ने मुख्य जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अपेक्षा अनुसार काम गर्न नसकेको भन्ने गुनासो पनि आइरहेको छ ।

प्रस्तुत छ, प्राधिकरणले हालसम्म के के काम ग¥यो र के के गर्दैछ, यीनै समसाममयीक विषयमा प्राधिकरणका सिइओ सुशील ज्ञवालीसँग गरेको यो कुराकानी स्

३ वर्ष अगाडि माघ २ गते राष्ट्रिय भूकम्प दिवसको सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र प्रधानमन्त्री केपी शर्मा ओलीले बुङ्मती पुनर्निर्माण महाअभियानको शिलान्यास गरेका थिए । ३ वर्ष बितिसक्दा पनि ती क्षेत्रहरू किन जस्ताको तस्तै छन् रु यस्तो अवस्थामा पुनर्निर्माणको कामलाई कसरी मूल्याङ्कन गर्ने रु

२०७२ सालको माघ २ गते हामीले पुनर्निर्माण महाअभियानको सुरु गरेका थियौँ । रानीपोखरीको पुनर्निर्माणको काम सम्माननीय राष्ट्रपतिज्यूबाट शिलान्यास भएर अनि सम्माननीय प्रधानमन्त्रीज्यूबाट बुङ्मतीको एकीकृत बस्ती पुनर्निर्माण गुरुयोजनाको अनावरण भएर काम सुरु भएको थियो । प्राधिकरणको जिम्मेवारी मैले सम्हालिरहेको थिएँ । त्यो बेला रानीपोखरीको परम्परागत ढङ्गले पुनर्निर्माणको काम अगाडि बढाएकै थियौँ । त्यो कामको ठेक्का प्रक्रिया पनि अघि बढेको थियो । शिलान्यासपछि काम अघि बढेको अवस्था हो । तर पछि त्योबीचमा यहाँलाई थाहा छ, मेरो निरन्तरता प्राधिकरणमा रहन सकेन । त्योबीचमा त्यहाँ कङ्क्रिटको प्रयोग हुने, मौलिकतालाई ध्यान नदिने खालका अवस्थाहरू सिर्जना भएको रहेछ, जसकारण त्यहाँ विवाद उत्पन्न भयो ।

त्यो कारणले रानीपोखरीको काम समस्यामा रह्यो । तर अहिले रानीपोखरीको कामलाई अगाडि बढाउनका लागि मैले दोस्रो कार्यकालका लागि जिम्मेवारी सम्हालेलगत्तै विभिन्न खालका छलफल अगाडि बढाई एउटा खालको टुङ्गो लगाएका छौँ । रानीपोखरीको पुनर्निर्माणका लागि जुन मन्दिरको प्रतापकालीन शैली हो, त्यस ढङ्गले बनाउनेलगायतका कुरा अघि बढाएका छौँ भने बुङ्मतीको काम अगाडि बढाउनका लागि त्यहाँको स्थानीय समुदायको बृहत्तर विकास योजनासँग सम्बन्धित एउटा परिषद् बनाएको स्थिति छ । त्यसको साधारण सभा पनि भएको छ । अहिले जनताहरू उत्साहित भएर लाग्नुभएको अवस्था छ । त्यो प्राचीन बस्तीका रूपमा विकास गर्ने गुरुयोजना स्वीकृत गरिसकेका छौँ । त्यहाँको घरहरू पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय स्तरमा युरोपियन युनियनको सहयोग लिएर यूएन ह्याबिट्याटलगायतका संस्थाहरूसँग सहयोग लिने कामको अवस्था छ । बीचमा केही समस्या भयो, यो यथार्थ हो, त्यसले समस्या सिर्जना गर्यो । अहिले चाहिँ हामीले काम अघि बढाउन थालिसकेका छौँ ।