सहमति अनुसार नै पूर्वआग्रह नराखी चिकित्सा शिक्षा विधेयक पारित गर्नुहोस ;नेता थापा

192

माघ ३, काठमाडौं
नेपाली कांग्रेसका नेता गगन थापाले डा. गोविन्द केसीसँग १५ औँ अनशनका क्रममा भएका सहमतिअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने माग गरेका छन्। उनले बिहीबार राजधानीमा पत्रकार सम्मलेन गर्दै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कुनै पनि पूर्वाग्रह नराखी डा. केसीसँग भएका सहमतिअनुसार पारित गर्न माग गरेका हुन् । सांसद तथा नागरिकको हैसितमा प्रधानमन्त्रीसँग म आग्रह आग्रह गर्छु उनले भने, प्रधानमन्त्रै आफैँले गरेको सहमतिअनुसार नै पूर्वआग्रह नराखी चिकित्सा शिक्षा विधेयक पारित गर्नुहोस्। समिति सकियो, अब सरकारको कुरा हो। प्रधानमन्त्रीको एउटा आदेशले डा. केसीसाग भएको सम्झौताअनुसार विधेयक पारित हुनसक्छ। सम्झौताबमोजीम विधेयक बनाउन प्रधानमन्त्री अग्रसरता लिनेमा आफू विश्वस्त रहेको बताउँदै डा केसीसँग गरेका सहमतिलाई नतोड्न पनि सुझाए। उनले त्रिविका पूर्वउपकुलपति डा. केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनविपरीत चिकित्सा शिक्षा विधेयक शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको पनि आरोप लगाए। समितिले उक्त विधेयक पुस २५ गते बहुमतले पारित गरेको थियो। समितिले विधेयक पारित गरेलगत्तै डा. केसीले विधेयकप्रति असन्तुष्टि जनाउँदै इलाम पुगेर १६ औँ अनशन सुरु गरेका छन्।