नेपाली कांगेसका तत्कालिन कार्यभारहरु

138

सवै परिर्वतनको नेतृत्वकर्ता नेपाली कांग्रेस यति वेला तिनै तहमा दोश्रो दलको रुपमा छ । केन्द्रीय सरकार र प्रदेशहरुमा (२ नं प्रदेश वाहेक) प्रमुख प्रतिपक्ष र स्थानीय तहमा पनि दोश्रो दलको हैसितमा रहेको कांग्रेस भखरै सम्पन्न महासमिति वैठक पछि आफ्ना गतिविधि तथा आन्तरिक व्यवस्थापन लाई सुढृत वनाउदै अगाडि बढ्ने तरखरमा छ । महासमिति बैठक समापन भएको ठीक एक महिना पछि यहि माघ १० गते बस्ने केन्द्रीय समितिले पार्टीको विद्यान मस्यौदालाई अन्तिम स्वरुप दिदैछ भने अर्को तर्फ विद्यानमा भएको नयाँ व्यवस्थालाई लागु गर्ने ठोस कार्ययोजना तर्जुमा गर्नु पर्ने छ । सडक देखि संसद सम्म जनताका मागलाई व्यवस्थित र सशक्त ढंगले अगाडी वढाउन सिङ्गो पार्टीपङतीलाई परिचालन गर्दै जनअपेक्षा अनुसार आफ्नो भूमिका वढाउन पर्ने आवश्यकतालाई आगामी वैठकले दिशावोध गर्न सक्नु पर्दछ ।

संशोधित विद्यान कार्यान्वयनको कार्यदिशा मुख्य कार्यभार
महासमिति वैठकबाट पारित विद्यानलाई सिङ्गो केन्द्रीय समितिले अपनत्तो लिइ कार्यान्वयन तर्फ तुरुन्तै लाग्नु पर्ने हुन्छ जसले आम कार्यकर्ता तहमा महासमिति वैठक पछि देखिएको उत्साहलाई उर्जामा परिणत गराउनु छ । पार्टीका समितिहरु सानो आकार र त्यसमा पनि चलयमान नहुदाँ ठुलो कार्यकर्ताको पङती जिम्मेवार विहिन छ । खास–खास व्यक्तिले मात्र पार्टी संगठनमा भूमिका पाउने, फरक विचार राख्नेलाई जिम्मेवार विहिन वनाउने संस्कति मौलाउदा संगठनमा गतिसिलता नभै सिथिलता आउछ । बाह्रै महिना सवै संगठन र समितिहरु स्वचालित र क्रियासिल गराउन विधिसम्मत पार्टी चलाउने प्रक्रियालाई कडाइका साथ लागु गराउन नेतृत्वले ध्यान दिन आवश्यक देखिन्छ ।

नेपालको संविधान २०७२ मा व्यवस्था भए अनुसारको समावेशी स्वरुप पार्टीको विद्यानलाईृ लागु गर्ने कांग्रेस पहिलो पार्टी हुने भए वाट अन्य दलहरुलाई पनि दवाव परेको हुनुपर्दछ । केन्द्रीय समितिको विस्तार गर्ने बाटो खुल्ला भएको मात्रै होइन संघिय स्वरुप अनुसारका पार्टी समिति गठनको अनिवार्य व्यवस्था भए वाटञ थप व्यवस्था अनुसारका प्रदेश समिति गाउँपालिका तथा नगर समिति, वडा हुदै टोल समितिलाई संक्रमणकालिन व्यवस्था अनुसार तत्कालै गठन गर्ने कार्यतालिका वैठकले तय गर्नुपर्दछ । स्थानीय तह र प्रदेशहरुमा पार्टी समिति नहुदाँ संगठनात्मक कार्य पुरानै ढाँचा अनुसार भएकाले पनि पार्टी गतिविधि प्रभावकारी हुन सकेन । अव फेरी महाधिवेशनको तयारी र समिति सँग–सँगै भन्ने बहाना बनाएर समिति गठनमा ढिलाई गर्ने छुट कसैलाई पनि छैन ।

समायोजन सम्वन्धमा
तत्कालिन नेपाल लोकतान्त्रिक फोरम लगाएत अन्य पार्टी, समुह बिच भएको पार्टी एकताको समायोजनको लागि १५ महिनाको समय त्यतिकै वित्यो । महासमितिको वैठक बाट कार्यकर्ताको विधिवत समायोजन सुरु भएको छ । यस बिचमा तत्कालिन लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छदार संसदीय दलको उपनेता र पार्टी उपसभापति भैसक्नुभएको छ । २०७४ असोज २९ गते पार्टी एकता हुदाँ भएको सहमतिको कार्यन्वयन गर्न सवै तहमा सम्मानजनक समायोजनको लागि उपसभापति विमलेन्द्र नीधिको संयोजकत्वममा गठित समितिवाट समायोजन प्रक्रिया छिटो टुङ्गोलाग्ने अपेक्षामा रहेका नेता कार्यकर्ताहरुले माघ १० को वैठकलाई विशेष रुपमा हेरिरहेका छन् । यसै वैठकले समायोजनको नीतिगत तथा मापदण्डको अन्तिम रुप दिने र केही समितिको नामावली समेत पारित गर्ने अपेक्षा गरिएको छ ।

सबै तहमा छायाँ सरकार
नेपाली कांग्रेस संसदीय दललले पार्टी सभापति तथा संसदीय दलका नेता शेर बहादुर देउबाको नेतृत्वमा छायाँ सरकार गठित गर्ने र छायाँ सरकारको मन्त्रीमण्डल गठनका लागि साँसदहरुको नाम माग गरे पछि राजनितिक वृत्तमा तरङ्ग पैदा गर्यो । छायाँ मन्त्रीको लागि मन्त्रालय तोकेर नाम टिपाउने क्रम जारी नै छ । संसदमा कांग्रेसको भुुमिकालाई प्रभावकारी, व्यवस्थित वनाउन तथा सरकारको गतिविधिमा शुष्म ढंगले निगरानी र खवरदारी गर्दै राम्रा काममा रचनात्मक भुमिका निर्वाह गर्न समेत छायाँ सरकार गठनले सहयोग पुर्याउने छ । यसवाट लोकतन्त्र र संसदीय व्यवस्थालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने अवस्था रहन्छ । केन्द्रीय सरकारको हकमा मात्र नभै सातै प्रदेश र सबै स्थानीय तहमा यसको अभ्यास हुन सके नियन्त्रण र सन्तुलनको अवस्था कायम भै एक दलिय तथा एक पक्षिय मनोमानीको अन्त्य भै सुशासन र भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्न जान्छ । तसर्थ कांग्रेसले छायाँ सरकारको अवधारणा स्थानीय तह सम्म बनाउने नीतिगत निर्णय यसै बैठक बाट गर्नु उपयूक्त देखिन्छ ।

संगठन सुदृढकरण
कांग्रेसको संगठन क्याडर वेस नभै मास वेस मानिन्छ जसले क्याडर वेसमा आधारित संगठन रहेको कम्यूनिष्ट पार्टी सँग प्रतिष्पर्धा गर्नु परेको छ । तसर्थ कांग्रेसले समय सापेक्ष परम्परागत तौरतरिकामा फेरवदल गर्नु पर्ने अवस्था विध्यमान छ । पार्टी संगठनमा आवद्ध नेता कार्यकर्ताहरुलाई राजनीतिक, वैचारिक र रणनीतिक रुपमा प्रशिक्षित र साँगठानिक रुपमा क्रियाशिल बनाउन ठोस कार्ययोजना तय गर्न ढिलाइ गर्ने अवस्था छैन । लोकतान्त्रिक समाजवादलाई वर्तमान समयमा गरिने व्याख्या र त्यसमा आधारित भै पार्टीले लिने राजनीतिक, आर्थिकनीति र अन्तराष्ट्रिय सम्वन्धको स्पष्ट खाका सहित आधारभुत तह सम्म लोकतान्त्रिक समाजवादको अपरिहार्यताको पुष्टी गर्न सक्नुपर्दछ । आफूलाई कम्यूनिष्ट भन्नेहरु समेत लोकतान्त्रिक र समाजवादलाई नैै फरक ढंगले प्रस्तुत गरेर जनताका बिचमा गैरहेका छन् । उनीहरुले पाएको जनमत लोकतन्त्रीक व्यवस्था र समाजवादी अर्थतन्त्रको लागी हो । कम्यूनिष्ट भएको कारणले होईन भन्ने तथ्यलाई बुझ्न आवश्क छ । तसर्थ आफ्ना विचारलाई जनस्थरमा पुर्याउन र यो वास्तविक्ता बुझाउन सके युवा, मजदुर तथा किसानहरुको कांग्रेस प्रति भरोसा बढाउन सकिन्छ । यसरी संगठनमा सुदृढिकरण गर्न सक्दा यस पार्टीले निकट भविष्यमै आफ्नो वर्चश्व पुनस्थापित गर्नेमा शंका छैन ।

बिचारमा आधारित समुह
हरेक नेताले आफूँ कार्यकारी भूमिकामा पुगे पछि पार्टीमा गुटको अन्त्य भएको वताउने र अन्यले गुटले गर्दा पार्टी बिग्रियो भनेर भन्दै आएको दोखिन्छ । पार्टीमा गुटवन्दी हुनु पक्कै पनि राम्रो होइन । गुटवन्दी नगरौ भनेर मात्रै यसको अन्त्य हुदैन । अहिले कांग्रेसमा केन्द्र देखि जिल्ला तह सम्म यो वा त्यो नाममा गुटहरु रहेको यथार्थता छ त्यो कुनै सिद्धान्त र विचारको आधारमा नभै व्यक्ति विशेषको नाममा वा आधारमा हुने गरेको छ । जसले गर्दा व्यक्तिगत इगो बढ्दो क्रममा छ । यसको अन्त्य भनेको पार्टीमा हुने वैचारिक वहस र मुद्धा विशेषमा त्यसलाई पार्टी तथा राष्ट्रको हितमा प्रयोग गर्ने सन्दर्भमा आधारित भएर विभिन्न कोण तथा विचारहरुको निमार्णमा त्यसलाई जनपक्षिय कार्यान्वनका लागी चलाइने छलफल तथा वहस नै हो । यसवाट विषयवस्तुमा आधारित छलफल हुन गई त्यसको सैदान्तिकरण हुन जान्छ । एउटा सन्दर्भ सकिए पछि फेरि मुद्दा अनुसार नयाँ समुह अस्तित्वमा आउछ र पुरानो भत्किन्छ । जसले गर्दा स्थायी गुट नरहने मात्रै होइन व्यक्तिगत तिकतता हटाइ पार्टी नेता कार्यकार्ता वीच हार्दिकता बढाउछ । नेता कार्यकर्तामा अध्य्यन र क्रियासिलता लाई प्रोत्साहन गर्दछ । घात–अन्तरघातको विद्यमान अवस्थामा कमि ल्याउन मद्दत पुग्नेछ ।