प्रदेशमा ५ मा गाडी फिर्ताको लहरः पोखरेलद्वारा गाडी फिर्ता

75

माघ ४,
रुपन्देही । प्रदेश नं ५ नेपाली काङ्ग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी फिर्ता गर्नुभएको छ । प्रदेशसभा सचिवालयले बजार मूल्यभन्दा महँगोमा गाडी खरीद गरेको समाचार बाहिर आएपछि उहाँले सो बारे निष्पक्ष छानबिनको माग गर्दै गाडी फिर्ता गर्नुभएको हो । नेता पोखरेलले आफू चढिरहेको लु१झ ४४७ नंको गाडीको साँचो संसद् सचिवालयका सचिव दुर्लभकुमार पुनमगरलाई फिर्ता गर्नुभएको हो । साँचो बुझाउँदै पोखरेलले सार्वजनिक लेखा समितिले प्रदेश सरकार र प्रदेशसभा सचिवालयले खरीद गरेका सबै गाडीको कागजात झिकाइ छानबिन थालेकाले नैतिकताको आधारमा गाडी फिर्ता गरेको बताउनुभयो । रासस