संञ्चार जगतले जनतामा भ्रम छर्नु भएनः संञ्चार मन्त्री बाँस्कोटा

165

माघ ५,
भक्तपुर । संञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संञ्चार जगतले सत्य र तथ्यमा आधारित भएर पत्रकारिता गर्नु पर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २१ औं साधारण सभा तथा पत्रकार सम्मान कार्यक्रको उद्घाटनमा बोल्दै मन्त्री बाँस्कोटाले भने ‘तपाँईहरुले लेखेको र देखाएको समाचारले जनतामा भ्रम पैदा हुनु भएन ।’
सरकार पत्रकार जगतको हकहितको लागि सवैद तयार रहेको र न्युनतम पारिश्रमीक कुनै पनि हालतमा लागू हुने समेत मन्त्री बास्कोटाको भनाई रहेको छ । पत्रकारिताले सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहनु गलत भएको भन्दै उनले सबै कुरामा गलत देख्ने परिपाटीको अन्त्य गर्न आग्रह समेत गरेका छन् ।

‘न्युनतम पारिश्रमिकको हक पत्रकार र संञ्चार गृहमा काम गर्ने सबैको भएकाले त्यसलाई कार्यान्वयन गर्न वर्तमान सरकारले २५ प्रतिशत पारिश्रमिक बढाएको हो’, मन्त्री बाँस्कोटा भने । डाक्टर गोविन्द के.सीको विषयमा बोल्दै मन्त्री बाँस्कोटाले भने ‘सबै जनताको माग पुरा गर्ने दायित्व सरकारको हो, के.सीको मात्र होइन’ । द्धन्द्ध कालका मुद्धा र मेडिकल सोसाइटीको कुनै सम्बन्ध नभएपनि डा. के.सीले यस बारेमा जोडेर भ्रम छर्न खोजेको उनको भनाई रहेको छ । शत प्रतिशत माग पुरा गर्न आफैं प्रधानमन्त्री भएपनि संम्भव नभएका के.सीको माग पुरा भएको मन्त्री बास्कोटाले बताए । मन्त्री परिर्वतन होला तर नेकपाको वर्तमान सरकार अबको चार वर्ष कसैले पनि परिर्वन गर्न नसक्ने भन्दै मन्त्री बास्कोटा सरकारले ल्याएको नीतिले पत्रकार र कलाकार दुबै क्षेत्रमा फाइदा हुने बताए ।

कार्यक्रममा नेकपाका सांसद महेश बस्नेतले पत्रकारिता जगतले अब राजनीतिक मुद्धामा भन्दा पनि संम्वृद्धिका विषयमा कलम चलाउनु पर्ने समय आएको बताएका छन् । महांसघ भक्तपुरलाई शुभकामना दिदैं केन्द्रिय अध्यक्ष गोविन्द आर्चाय, उपाध्यक्ष दीलिप थापामगर, नेकपाका नेता बचन देउजा, कांग्रेसका दूर्लभ थापालगायतले संञ्चार क्षेत्रले सकारात्मक विषयलाई महत्व दिनु पर्ने बताएका छन् । उक्त अवसरमा पत्रकार महासंघ भक्तपुरले हरेक वर्ष प्रदान गर्दै आएको स्व. मैयाँदेवि सिल्पकार स्मृति पत्रकाररिता पुरस्कार कान्तिपुर टेलिभिजनका पत्रकार नारायण सुन्दर किलम्बुलाई प्रदान गरिएको छ ।