विश्वकै जेष्ठ नागरिकको निधन

94

टोकियो,
विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी दिएका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सान् १९०५ मा उहाँको जन्म भएको थियो ।

गिनिज वर्ड रेकर्डका अनुसार गत बर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उहाँ संसारकै सबैभन्दा जेठो व्यक्ति हुनुभएको थियो । “यस्ता अग्रज व्यक्तिको निधनले हामी निकै दुःखी भएका छौँ,” उहाँकी नातिनी युकोले भन्नुभयो । नोनाकाको छ जना दाजू भाई र एक जना बहिनी हुनुहुन्थ्यो । उहाँले १९३१ मा विवाह गर्नुभएको थियो भने पाँच जना सन्तान थिए । – रासस