मेलम्ची खानेपानी आयोजना: ठेकेदार आफैं भाग्यो कि भाग्न बाध्य बनाइयो?

51

समाचारपत्र दैनिक /सुरेश तामाङ,
माघ १५, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम गर्ने इटालियन ठेकेदार कम्पनी सीएमसीले अकस्मात काम छोडेर जानुको कारण स्पष्ट नभएको भन्दै सांसदहरूले यसको चित्तबुझ्दो जवाफ दिन सरकारलाई आग्रह गरेका छन्। संघीय संसद्को विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन्। समितिमा मेलम्ची खानेपानी आयोजनामा देखिएको परिस्थितिका सम्बन्धमा बैठक डाकिएको थियो। बैठकमा ठेकेदार भाग्नुको कारण, ६० दिनभित्र पानी आउने सचिवले बोलेको भनाइ आधारदेखि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो। सांसद गणेश पहाडीले ठेकेदार आफैं भाग्यो कि भाग्न बाध्य बनाइएको हो भन्दै प्रश्न गर्नुभयो। ‘ठेकेदार भाग्नुपर्ने परिस्थिति कसरी आयो रु यसको स्पष्ट कारण अझै आएको छैन’ –उहाँले भन्नुभयो।

त्यस्तै यसअघिको बैठकमा ६० दिनमा पानी ल्याउने भन्ने के आधारमा बोल्नुभएको होरु हचुवाको भरमा नबोल्न खानेपानी सचिवलाई आग्रह गर्नुभयो। उहाँले आयोजना सञ्चालन गर्नुअघि पूर्वतयारी गर्ने प्रचलन नभएकै कारण मेलम्चीको यस्तो हविगत भएको जिकिर गर्नुभयो। अबको काम लागत नबढ्ने गरी समयमै काम सम्पन्न गर्न तत्काल काम अघि बढाउन उहाँले आग्रह गर्नुभयो। सांसद कमला रोक्काले कर्मचारीले मन्त्रीलाई आयोजनाका बारेमा गर्ने गरेको ब्रिफिङको बारेमा जिज्ञासा राख्नुभयो। ‘मन्त्रीलाई ब्रिफिङ कसरी हुन्छ, त्यो जान्न मन छ। मन्त्रीले कबोल गरेको समयमा पानी आउँदैन। पछि पानी नआएपछि माफी माग्नुपर्छ। यो किन कसरी भइरहेको छ रु’ –उहाँले भन्नुभयो।

उहाँले एक व्यक्तिका कारण आयोजनाको पुरै काम ठप्प हुने गरी ठेकेदार भाग्न बाध्य हुनुपरेको भन्ने विषय कत्तिको सत्य हो भन्दै मन्त्रालय र आयोजनाको जवाफ माग्नुभयो। उहाँले दूरदर्शी नहुँदा मेलम्चीको अवस्था यस्तो हविगत भएको भन्दै सचेत हुनुपर्ने बताउनुभयो। बैठकमा बोल्दै अर्का सांसद केदार सिग्देलले ठेकेदार कम्पनी भाग्नुमा कसैको हात रहेको आशंका रहेको भन्दै राष्ट्रलाई घाटामा पु¥याएर ठगिरहेका स्वदेशी, विदेशी जो भए पनि कारबाहीको भागिदार हुनुपर्ने धारणा राख्नुभयो। त्यस्तै फास्ट ट्र्याकमा काम सम्पन्न गर्ने भए स्वदेशी प्रतिष्ठित ठेकेदारलाई बाँकी काम सम्पन्न गर्न दिनुपर्ने भन्दै उहाँले विचार राख्नुभयो।

बहादुर सिंह लामाले त्यत्रा विदेशी आएर काम गर्न नसक्नुको कारण खोज्नुपर्ने उल्लेख गर्नुभयो। यहाँ केही न केही नभएको भए यसरी विदेशी काम गर्न नसकेर भाग्छ रु भन्दै उहाँले भन्नुभयो– ‘यसको जिम्मेवारी आयोजना र खानेपानी मन्त्रालयले लिनुपर्छ।’ सांसद दामोदार भण्डारीले आयोजनाको काम अन्तिम चरणमा आएर रोक्किनुमा हात्ती छि¥यो पुच्छर अड्केको जस्तो भएको भन्दै समस्यालाई तुरुन्त समाधान गरी निष्कर्षमा पुग्नुपर्ने धारणा राख्नुभयो। बैठकमा बोल्दै अर्का सांसद जिपछिरिङ लामाले जनताले आशा जगाउने गरी काम गर्नुपर्नेमा लुकामारी खेलेको जस्तो भइरहेको बताउनुभयो। त्यस्तै समितिकी सभापति कल्याणी खड्काले आयोजना यस्तो अवस्थामा जिम्मेवार ढंगले लाग्नुपर्नेमा गैरजिम्मेवार भएको उल्लेख गर्नुभयो।

खानेपानी सचिव गजेन्द्र ठाकुरले देशलाई घाटा पु¥याउनेखाले कुनै काम कर्मचारीबाट नभएको भन्दै ठेकेदार आफ्नै आर्थिक संकटमा परेका कारण काम छोडेको स्पष्ट पार्नुभयो। ‘हामी बाँकी काम कसरी गर्ने भन्ने विषयमा ऋणदाता एसियाली विकास बैंकसँग परामर्शमा छौं’, उहाँले भन्नुभयो– ‘हामी चाँडै निचोडमा पुग्छौं।’
आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले हेडवक्र्स निर्माण र सुरुङको बाँकी काम सम्पन्न गर्न ९ महिना लाग्ने बताउनुभयो। यी बाँकी रहेको काम सम्पन्न गर्न विशेष परिस्थितिमा जाँदा ३ देखि ४ महिना लाग्ने र नियमित प्रक्रियाबाट जाँदा २ देखि ३ वर्ष लाग्न सक्ने बताउनुभयो।