फ्रीज भित्र लाश राखेर गुरुलाई सम्मान

225

माघ १५,
काठमाडौ । भक्तजनहरुले गुरुको कति सम्मान गर्दछन् भन्ने कुरा भारतमा भएको एउटा घटनाले पुष्टि गर्दछ । सन् २०१४मा नै मृत्यु भएका एक धार्मीक गुरुको शवलाई उनका चेलाहरुले फ्रीजमा राखेर सुरक्षा प्रदान गरिरहेको खबर हिन्दुस्तानडटमकले सार्वजनिक गरेको हो । भारतको पंन्जाव लुधियाना नूरमहल डेराका प्रमुख तथा दिव्य ज्योति जागृति संस्थानका संतंसंगत गुरु आशुतोष महाराज को डाक्टरले पाँच वर्ष पहिले मृत घोषित गरे । तर उनका अनुयायीहरुले २२ डिग्री सेल्सियस तापमान बनाएर शवलाई फ्रीजरमा राखेका छन् । २०१४को जनवरी २८मा उनलाई टाउकोमा दुखेको महशुस भएपछि अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उनलाई लुधियाना सद्गुरु प्रताप अपोलो अस्पताल लगियो ।
तर डाक्टरले जब आशुतोष महाराज देखेपछि उनलाई मृत घोषित गरेका थिए । तर आज पनि उनको शव फ्रीजरमा उक्त कोठमा २४ घण्टा भक्तहरुले सुरक्षा दिई रहेका छन् । पंजाब र हरियाणा उच्च अदालतको आदेश अनुसार
आशुतोष महाराजको मृत शरिर खराब नहोस भनेर तीन जना डाक्टरले अहिलेपनि परिक्षण गर्दै आएको समेत उक्त संञ्चार माध्यमले उल्लेख गरेको छ ।