गजलः प्रेमपत्र

184

-यमुना पराजुली अधिकारी,

प्रेम पत्र कति लेखे तिमीलाई दिन भनी
नसकेर सिरानी मै राखे गनि गनि ।

झ्यालको त कुरै छोडुम बाटै सम्म आएकी थे
तर तिमी तर्की गयौ मलाई देखे पनि ।

पैयौडाडा चप्लेटिमा तिम्लाइ पर्खी बस्थे

निष्ठुरी चै कता लाग्यौ अर्कै बाटो खनि ।

प्रेम पत्र कति लेखे तिमीलाई दिन भनी
नसकेर सिरानी मै राखे गनि गनि । ।

-काठमाडौं