देउवाको आग्रह डा. केसीलाई अनशन तोड्न

65

माघ १७, काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई भेटेका छन्। बिहिबार दिउँसो अनशनस्थल शिक्षण अस्पताल पुगेर सभापति देउवाले केसीलाई भेटेका हुन्।  उनले केसीलाई भेटेर अनशन तोड्न आग्रह गरेका छन्। केसीलाई भेट्न पुगेका कांग्रेस सभापति देउवाले सरकारले जबरजस्ती गरेर विधेयक पास गराएको भन्दै उनले अनशन तोड्न आग्रह गरेका हुन्। यस्तै उनले सरकारले केसीसँग वार्ता गर्नु पर्नेसमेत बताए। उनले भने ‘सरकारले जबरजस्ती विधेयक पास गरायो, अझै उहाँसँग वार्ता गरेको छैन। सरकारले केसीसँग वार्ता गर्नुपर्छ।’ यस्तै सभापति देउवासँगै कांग्रेस सांसद तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापा पनि केसीको अनशनस्थलमा पुगेका थिए। उनले डा केसीसँग १५ औँ अनशनका क्रममा भएका सहमतिअनुसार विधेयक नल्याएर केसी मरोस भन्ने तर्फ सरकार लागेको आरोप लगाए। उनले केसीलाई ज्यान जोखिममा पारेर सत्याग्रह नगर्न आग्रह गरे। उनले भने ‘सरकार सम्वेदनशील यस्तो सरकारसँग लड्न अझ समय चाहिन्छ। त्यसैले केसीले आफ्नो ज्यान जोखिम राखेर लड्नुभन्दा पनि आगामी दिनमा सत्यको लागि लड्ने लडाइँ बदलौँ।’