सरकारका विरुद्ध देशभर कांग्रेसको प्रदर्शन

391

माघ २१,
काठमाडौंः सरकारका पछिल्ला गतिविधिको विरोध गर्दै नेपाली कांग्रेसले देशभर सरकारका विरुद्ध प्रदर्शन गरेको छ। नेपाली कांग्रेसले प्लास्टिकको वाइड बडी जहाज बोकेर राजधानीमा सरकारविरोधी प्रदर्शन गरेको छ।

कांग्रेस काठमाडौंले ‘प्रधानमन्त्री ओलीजी वाइड बडी काण्ड कता हरायो, भ्रष्टाचारीको घेराबन्दीमा सरकार रमायो’ लेखेर नक्कली वाइड बडीसहित सोमबार प्रदर्शन गरेको छ।

सरकारले प्रतिपक्षलाई पेलेर गएको आरोप लगाउँदै कांग्रेसले पछिल्लो समय सरकारको आलोचना गर्दै आएको छ। कांग्रेसले काठमाडौंको शान्तिबाटीकासहित देशभर प्रदर्शन गरिरेको छ। देशभरका विरोधसभाहरुलाई नेपाली कांग्रेसका नेताहरुले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको थियो। कांग्रेसले गरिरहेको विरोध प्रदर्शनमा कांग्रेसका कार्यकर्ता तथा सबै भातृ संगठनहरुको सहभागिता रहेको थियो। पछिल्लो समय सरकारले एकलौटी हिसाबले संवैधानिक परिषद्ब बाट निर्णय गरेको, चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पारित गरेको लगायतका आरोप लगाउँदै कांग्रेसले सरकारको विरोध गर्दै आएको छ। कांग्रेसले सरकारको अधिनायकवादी चरित्र, निर्मला प्रकरण, ३३ किलो सुन कान्डलगायत विषयमासमेत असहमति जनाउँदै विरोध जनाएको हो।