मध्य तराईमा ज्ञानेन्द्रको बढ्यो चलखेल

105

समाचारपत्र दैनिक
माघ २२, काठमाडौं । करिब दुई साता देखि सिमरा बस्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन । पुर्व राजाले सोमबार बेलुकासम्म २ सय ५० जना भन्दाबढीसंग भेट गर्नुभएको छ । नितान्त व्यक्तीगत भ्रमण भन्दै मध्य तराई र पुर्वी तराइको भ्रमणमा निस्कन ुभएका ज्ञानेन्द्रले तराईका राजावादी लगायत विभिन्न व्यक्तीसंग भेट गर्नुभएको छ । भेटमा सबैले पूर्वराजालाई सक्रिय हुन आह्रह गरेका थिए । सिमरा स्थित प्रभु शमसेरको निवासमा बस्दै आउनुभएका ज्ञानेन्द्रले हिजो सिमरा स्थित राममन्दीरमा पुजा अर्चना गर्नुभएको थियो ।

केही दिन सिमरा बसाइपछि उहा सपरिवार झापा जाने कार्यक्रम रहेको छ । पूर्व रानी कोमल , निजी सचिव सागर तिमल्सिना र केही आफन्तसंग सिमरा बस्दै आउनुभएका ज्ञानेन्द्र करिब डेढ महिना लामो कार्यक्रम लिएर मध्य र पुर्वी नेपाल भ्रमणमा निस्कनुभएको छ ।