कविताः पागल

217

-राजकुमार लामिछाने प्रिन्स

एउटा पागल
अनि उस्को प्रेम कथा
ध्यार्धुर च्यातिएको
डस्विनमा फ्याकिएको
त्यो एक पाना
जस्लाइ उ पुरै जीवन ठान्थ्यो
सत्य त्यही एक पाना मात्र थ्यो
उ बुझ्दैन थ्यो
पागल न थ्यो

यो कलियुग हो
जहाँ प्रेम स्वार्थसँग गरिन्छ
प्रेमको सागर उफ
एक घुट्को टकिलाम भरिन्छ
वाह क्या मात , क्या रात
उ बुझ्दैन थ्यो
पागल न थ्यो

मुना मदन पढेको
आदर्शको भुत चढेको
खुब मर्यादाको पर्खाल बनाउने
मन शुद्ध भएर के गर्नु
शरीर गन्हाउने
मोरा भ्रममा थ्यो
उ बुझ्दैन थ्यो
पागल न थ्यो

अजम्बरी
भन्थ्यो सधै अजम्बरी
रट्थ्यो घरीघरी
उस्को प्रेम अजम्बरी
के भन्ने यस्तालाइ
बिचरा कठैबरी
जमाना त चल्दै छ
युज एण्ड थ्रो
उ बुझ्दैन थ्यो
पागल न थ्यो

त्यो बजारको मुटु
सधै उस्को लागि धड्किरहोस
त्यो हजारको बुके
सधै उस्लाइ सुगन्ध दिरहोस
इछ्या नै गलत
सोच नै गलत
उ बजारलाइ दोष लाइराथ्यो
उ बुझ्दैन थ्यो
पागल न थ्यो ।
चानपा- ६ तेलकोट, भक्तपुर