अलमलमा सरकारः टकरावमा नेकपाका अध्यक्ष

117
तस्विरः लेखक जम्बला लामा

-जम्बला लामा

नेपालको २ करोड ८० लाख जनसमुदायको गुनासो आएको छ अर्थात, भेनेजुयलाको विषयलाई लिएर हाम्रो नेता पुष्प कमल दाहालको अभिव्यक्तिबाट फुस्केको शब्दलाई महसुस भएको छ की साढेको जुधाई बाछाको मिचाई । १० वर्षे कालको जनयुद्धको कमाण्डीङ्ग गर्ने नेताले अलिकती पनि सोच विचारै नगरी अगाडी बढ्नु भन्दा हेरेर खाल्टो छ की भनेर सोच्नु पथ्र्यो । र पछाडी फर्किदा पनि यसो फर्केर हेर्नु पथ्र्यो । तर त्यो किसिमका वातावरण नै नगरी प्याच्च बोल्ने भनेको हेर्दै नहेरी अगाडी हाम फाल्दा खाल्डोमा परे जस्तो भएन त ? कुनै कतै हेर्दै नहेरी सोच विचारै नगरी बोल्दामा कतै नेता जी खाल्डोमा परेको त महसुस भएन ? के हुनु त्यस्तो । गत जेठ तथा २०७५ साल जेठ ३ गते बाट एकता भएपछी एउटै जेट विमानको दुई पाइलट बनेको थियो, केपी ओली शर्मा र पुष्पकमल दाहाल । पार्टी एकता भए पश्चात पनि उनी दुई जनाको मन भने एकता महसुस भएको थिएन । कहिले प्रचण्ड दाहाल कतै मञ्चमा भाषण गर्नु पर्दामा उनले भनेको थिए प्रधानमन्त्री पद आलोपालोको सम्झौता गरेको छ भनी अभिव्यक्ति दिने गथ्र्यो प्रचण्ड दाहालले ।

यसअघि देखिनै दुई नेताबिच असमझदारी देखिएता पनि प्रचण्ड दाहालले त्यसलाई सार्वजनिक रुपमा अभिव्यक्ति भने गरेको थिएनन् उनले । गत भदौमा चिन भ्रमणबाट फर्केको बेलामा उनले सम्पादकहरुको भेटमा संविधानको कार्यान्वयन र सरकारको कामको विषयमा आफु चिन्तित भएको भनी व्यक्त गरेको थियो उनले । तर जे सुकै भएता पनि दाहालले त्यसलाई सार्वजनिक रुपमा ओकल्ने कार्य भने गरेको थिएन ।

फेद न टुप्पा
यसो हेर्दा, विचार गर्दा, फेद न टुप्पा अर्थात त्यो एउटा देश थियो भेनेजुयला । हाम्रो राष्ट्रको लागी फेद न टुप्पा न अहिलेलाई न त भविष्यलाई नै । अर्थात आजसम्म त्यो देश भेनेजुयलाले नेपालको नेतालाई न त उत्तर नै पायो, न त स्यावास नै दियो । १० वर्षे जनयुद्धको महा खम्बा नेता जी प्रचण्डलाई हाम्रो देशलाई भेनेजुयलाको जनताको तर्फबाट अमेरिका विरोधमा उत्रिएकोमा स्यावास भनेर फोन नै ग¥यो त ? अनि प्रचण्ड दाहालको अमृतवाणी वचनलाई खेर फाल्यो भेनेजुयलाको लागी । दाहालको एक शब्दले गर्दा धेरै लामो समय देखिनै सहयोग पाइरहेको अमेरिकाको चित्त दुखाउने काम मात्र भएको भनि सामाजिक सञ्जालमा व्यापक भएको छ । यस्तो महान व्यत्तित्व भएको व्यक्तिले बोलेको शब्दको हरेक ठाउँबाट विरोध आउनु हुदैनथ्यो भन्ने जनविचारहरु आएको छ की नेपालसँग कुनै सम्बन्ध नै नभएको भेनेजुयला अहिले नेपाल सरकारको टाउँको दुखाई बनेको छ ।

रिस खाने आफु खिर खाने अर्को
भेनेजुयला विषयलाई लिएर नेकपाका दुई अध्यक्ष द्धायको जुहारी नै चलेको व्यापक हुन आएको छ किन ? भेनेजुयलाको संकटमा दाहालले दिएको अभिव्यक्ति पछि एकअर्कोले दुवै अभिव्यक्ति व्यक्तिगत अथ्याई रहदा बढ्दै गएको असमझदारी बीच नेकपाका दुई अध्यक्षको भेट भएको मिडियाद्धारा नागरिकलाई थाहा हुन आएको छ । अर्थात भेनेजुयलाको विषयमा प्रधानमन्त्री केपी ओलीले टेलिभिजन कार्यक्रममा दाहालको शब्दमा चिप्लिएको टिप्पणी अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओलीको पनि शबद आएको थियो । त्यसपछी दाहाल र ओलीको सम्बन्धमा देखिने गरी नै असमझदारी बढेको खुलासा भएको छ ।

एकता पछी दुवै नेताले एक अर्को विरुद्ध आलोचनात्मक अभिव्यक्ति आएको थिएनन् । प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रममा प्रचण्डको वक्तव्यलाई अमुक व्यक्तिको वक्तव्य र शब्द चिप्लिएको भनेपछी दाहालले आक्रोसित भएको थियो । दाहालले पनि जवाफ दिने क्रममा आफ्नै गृह जिल्ला पुगेर ओलिको अभिव्यक्ति भने व्यक्तिगत भएको भन्दै अर्थ नहुने मात्रै भनेनन् । शुक्रबार सार्वजनिक कार्यक्रममै ओली सरकारको कार्यसैलि माथि पनि प्रश्न उठाउन भ्याएको थियो दाहालले ।

भेनेजुयलाको बक्तव्यपछीको असमझदारीमा दाहालले सरकार प्रतिको असन्तुष्टी थपे उनले । संविधानको मर्म अनुसार सिंह दरबारको अधिकार प्रत्यायोजित गरिदै छ । स्थानीय तह र प्रदेशलाई सुरक्षा कर्मचारी र बजेट दिदै छ त ? दाहालले भने सरकारले संघीयता कार्यान्वयनलाई खेलाजी ठानेको संकेता गर्दै शुक्रबार कार्यक्रममा सरकारलाई चेतावनी दिएको समाचार प्राप्त भएको छ । शान्ति प्रक्रिया र संविधानलाई हलुका ढंगले बुझिए अर्को माओवादी जन्मिने छ । त्यसले झन ठूलो खतरा ल्याउन सक्छ दाहालको भनाई । अतः प्रतिपक्ष नेता शेर बहादुर देउवाको भूमिका खुम्चिएको र नेकपाको दाहाल पनि मौन बस्न थालेको भनि टिप्पणी भई रहदा दाहालले ओली र सरकार माथि नै एकाएक फायर खोलेपछी नेकपाको दुइ खेमा बीचमा असमझदारी बढेको खुलासा भएको छ । त्यही असमझदारीलाई अत्य गर्ने उद्देश्यले शनिबार दुई अध्यक्ष बीच भेटघाट भएको नेकपा नेताहरुले बताएको छ ।

यहाँ देशकोे मन्त्री परिषद प्रधानमन्त्री कार्यालय तथा सम्पूर्ण मन्त्रालयमा नै भ्रष्टचारको जरो गाडेको छदँै छ, र गाउँपालिका प्रदेश सरकारमा पनि हिसाव मिलान नै गर्न नसक्ने गरी भ्रष्टाचार मौलाएका छन् । त्यो मात्रै होइन वाइडबढी काण्डमा करिबन ४ अरब ५० करोड सम्मको भ्रष्टाचार भएको छ । सरकार र अध्यक्ष समेत भएको नेकपाको प्रधानमन्त्री ओली र नेकपाको दोस्रो अध्यक्षमा आसिन भएको अर्को अध्यक्षले कानमा तेल हाली आँखामा सालको पातको चस्मा लएर बस्न मिल्छ । स्थानीय तहमा ठूलो भ्रष्टचार भइरहेको बेलामा ।

आखिर साढेको जुधाई बाछाको मिचाई जनताको टाउम्को दुखाई । अर्थात जनताको टाउँकोमा नै भारी बोकाउने खेल भएको जनविचारहरु आएको छ । सायद यो विभिन्न भ्रष्टाचार लुकाउने खेल हो की दुई जना अध्यक्षको भ्रष्टचार सम्बन्धि मौन बस्नुको कारण । करिवन ६ महिना यता २ हजार ७ सय १६ भ्रष्टचारको उजुरी परेको र स्थानीय तहमा बेतिथि भएको सूचना पनि दिएको समाचार मिडियाबाट प्राप्त भएको छ । चाहे नेकपा नै होस । चाहे काग्रेसको नै किन नहोस र विभिन्न पार्टीको गाउँपालिकाको जनप्रतिनिधिका कार्यकर्ता जथाभावी नियुक्ति गरेका छन् । कानूनी सल्लाहकार, परामर्शदाताको नाममा कार्यकर्ता र आफ्नो आफन्तलाई भर्तिकेन्द्र बनाएको खुलासा हुन आएको छ । राज्य कोषको रकम जथाभावी दुरुपयोग गरी डोजर, गाडी र मोटरसाइकल खरिदमा विकास रकम बढी दुरुपयोग भएको देखिन्छ । स्थानीयको प्रमुख उपप्रमुखहरुले डोजर किनेर आफ्नो व्यक्तिगत आयआर्जनमा प्रयोग गरिरहेको सूचना प्राप्त भएको छ । अख्तियारमा स्थानीय तहमा बढी भ्रष्टचार भएको उजुरी परेको समाचार नागरिकलाई प्राप्त भएको छ । स्थानीय तहको प्रमुख उपप्रमुखहरुले डोजर किनर बाटो बनाउने प्रयोग गरेको उजुरीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धेरै परेको जानकारी अख्तियारकै सह प्रवक्ता मदन कोइरालाको भनाई आएको छ ।

बेला न कुबेला
नेकपा को दुई अध्यक्षले यस्तो आफ्नो देशमा ठूलो भ्रष्टाचार भएको चाहि नदेख्ने अनि अमेरिकाले गरेको कार्यको किन टाउँको दुखाई ? अनि बोल्छ अब अर्को ठूलो माओवादीको जन्म हुन्छ । अर्को अध्यक्ष बोल्छ, कुरा चिप्लियो । कसरी देशको समस्या समाधान हुन्छ भन्नेमा दुवै अध्यक्ष मौन देख्छ ।

अर्थात साढेको जुधाई बाछाको मिचाई गर्न लागेको त होइन, भन्ने सामाजिक सञ्जालमा व्यापक भएको छ । यी दुइ नेताले पदको लोपले गर्दा देशको वर्वाद गर्ने त होइन ? नत्र बेला न कुबेलाको शब्द प्रयोग गरी अपासी नेकपाले फेरी एकता हुन नदिने खेल त होइन भन्ने जनगुनासोहरु पनि आएको छ । अब जनतालाई जवाफ दिनु पर्छ कि पर्दैन ? दुइ नेताको जुगाको लडाइले गर्दा जनता मारमा परेको महसुस भएको छ । अर्थात साढेको जुधाई बाछाको मिचाई । आम चुनावको ताकामा जनतालाई दिएको वचन पुरा गर्ने की नगर्ने यदि गर्ने हो भने एकता पनि छिटो हुनु प¥यो । यदि होइन भने जे पर्ला सोही टर्छ भन्ने हो भने भोलिको दिनमा जनताको आक्रोस थाम्न सक्छ की सक्दैन । अबको बेला जनताको प्रश्न आएको छ ।

स्थानीय तहमा ठूलो भ्रष्टाचार
अखबारहरुमा व्यापक भएको छ की सरकारले स्थानीय तहहरुमा भएको भ्रष्टचारलाई मौन बसेको छ । अर्थात दुई तिहाइको सरकार ठूलो छ । तर कार्यविधिहरु सानो छ । भष्टचार ठूलो छ कीन ? कतै नेपालमा दुई तिहाई सरकार नै भ्रष्टचारलाई सहुलियत दिएको त होइन ? सरकारले ।

नत्र त्यत्रो भ्रष्टचार भइरहेको छ र फैलिरहेको छ सरकार किन मौन छ । चुनावको बखतमा सोच्दै नसोची हेरी विचारै नगरी ठेकेदार, बाटोमा हिड्ने गुण्डा जस्ता व्यक्तिहरुलाई चुनेर आफ्नो सक्षम कार्यकर्तालाई पन्छाएको कारण नै स्थानीय तहमा ठूलो भ्रष्टाचार भएको स्थानीय तहकै जनसमुदायलाई महसुस भएको छ । अब दुई अध्यक्ष महोदयले जुगाको लडाइलाई त्यागेर समृद्धि तथा समृद्ध देश बनाउनमा जुट्नु बाहेक अरु केही विकल्प छैन । जनमतका कदर गर्दै देश सेवामा एक भई अघि बढ्नु नै बेस होला अध्यक्ष महोदय दुई ।

बौद्ध जागरण केन्द्र कोषाध्यक्ष तथा स्तुपा, फाउण्डेशन नेपाल, केन्द्रीय सदस्य हुन् ।