भक्तपुरका प्रशासकीय अधिकृत २५ हजार घुससहित समातिए

164

फागुन २
काठमाडौँ -अख्तिार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय भक्तपुरका एकजना प्रशासकीय अधिकृतलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

प्रशासकीय अधिकृत कैलाश मातक्ष श्रेष्ठले जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेनसम्बन्धी उजुरी मिलाइदिने भनी सेवाग्राहीसँग घुस मागिरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट टोली त्यहाँ पुगेको थियो ।

श्रेष्ठलाई अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा भक्तपुर दरवार स्क्वायर नजिक स्विट होम रेष्टुरेन्ट एण्ड क्याफेबाट पक्राउ गरेको हो । अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले जिल्ला प्रशासन कार्यालय भक्तपुरका लाई सेवाग्राहीबाट घुस लिँदा लिँदै पक्राउ गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता एबम् सूचना अधिकारी मदन कोइरालाका अनुसार श्रेष्ठलाई घुससहित समातेर अनुसन्धान अघि बढाइएको छ ।