भोली भक्तपुरको गुण्डु वडा कार्यालय जाऔं, मौकाको फाइदा उठाऔं

170

फागुन २,
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डू स्थित वडा कार्यालयमामा भोली शुक्रबार एकीकृत घुम्ति शिविर सञ्चालन गर्ने भएको छ । सेवाप्रदायक निकाय सेवाग्राही समक्ष पुगी सेवा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालयले घुम्ति शिबिर सञ्चालन गरेको हो । घुम्ति शिबिरमा बृहत्त निःशुल्क स्वास्थ्य शिबिर, स्वास्थ्यका विशेषज्ञ सेवाहरु, निःशुल्क औषधी वितरण, जिल्ला प्रशासन कार्यालयबाट नगरिकता, राहदानी, नाबालक परिचय पत्र, आदीवासी जनजाति प्रमाणपत्रको वितरण लगायतका सेवा वितरण गरिने छ ।
घुम्ति शिविरमा डिभिजन वन कार्यालय भक्तपुरबाट विरुवा वितरण, जनचेतनामूलक कार्यक्रम, डिभिजन खानेपानी कार्यालयबाट खानेपानी, जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली संकलन, घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग दर्ता, नेपाल टेलिकमद्धारा सिमकार्ड वितरण, राष्ट्यि पुनःनिर्माण प्राधिकरणबाट भूकम्प पीडितको गुनासो व्यवस्थापन लगायतका सेवा प्रदान गरिने सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले जानकारी दिएका छन् ।
त्यस्तै सूर्यविनायक नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता वितरण, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, अपांग परिचय पत्र, नक्सा पास भवन निर्माण, अभिलेखिकरण, पशुको गोवर परीक्षण, नाम्लेको औषधी वितरण व्यवसाय दर्ता, कृषि वीऊ विजन वितरण प्राविधिक सल्लाह लगायतका सेवा प्रदान गरिने जनाइएको छ ।
घुम्ति शिबिरका लागि पाँच वटा उपसमिति निर्माण गरी तयारी अन्तिम चरणमा पु्राइएको सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबीन्द्र सापकोटाले जानकारी दिए ।
उनका अनुसार उक्त समितिमा अतिथि सत्कार, सहयोग उपसमिति, प्रचार प्रसार उपसमिति, स्यवम् सेवक उपसमिति, साँस्कृतिकि, उपसमिति निर्माण गरिएको छ ।