पत्रकार विकास प्रहरले ‘रक्त लाली देखेपछि’ भिडियोसहित

236

फागुन ३,
भक्तपुर । गजलकार एवं पत्रकार विकास प्रहरको गजल ‘रक्त लाली पोतिएको अधर जाली तिम्रो’ बजारमा आएको छ । गजल गायक एवं संगीतकार राज सागरको स्वर तथा संगीतमा रहेको गजल बजारमा आएको हो । गजलको म्यूजिक भिडियोलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका छन् भने संगीत संयोजन राजन इसानको रहेको छ । म्यूजिक भिडियोमा अमृत सुनुवारले छायांकन गरेका छन् भने सुशिल न्यौपानेले सम्पादन गरेका छन् । भिडियोमा मोडलका रुपमा निराञ्जली लामा र गायक राज सागरका साथै गजलकार प्रहरकी छोरी निस्कृति थापाको अभिनय रहेको छ । म्यूजिक भिडियोको प्रस्तुतकर्ता विनिता पाण्डे रहेकी छन् ।

-nepalitara