बुनुको ‘मलाई मेरै नेपाली’ सार्वजनिक (भिडियो सहित)

247

फागुन ५, काठमाडौं । गायिका बुनु श्रेष्ठको मारुनी गीत ‘मलाई मेरै नेपाली’ को म्यूजिक भिडियो एक कार्यक्रम बीच सार्वजनिक भएको छ ।प्रमोद कोईरालाको शब्द तथा संगीत रहेको गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् । पशुपति श्रेष्ठको छायाँकन तथा निर्देशनमा निर्माण भएको भिडियोमा मोडल साक्षी लम्साल, क्रिस्टिना केसी, गरिमा र आयुष्मान राजभण्डारी फिचरिङ छन् ।
बिनोद रञ्जितको कोरियोग्राफी रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियोमा नेपाली मौलिकता झल्कने नृत्य तथा दृष्यहरु छायाँकन गरिएको छ ।