भक्तपुरमा राससको ५८ औं वार्षिकोत्सव मनाइयो

85

-रमेश गिरी
फागुन ५, भक्तपुर । प्रतिनिधीसभाका सांसद एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले राष्ट्रिय समाचार समिति (रासस) बलियो भएर सरकार बलियो हुने बताउनु भएको छ । राससको ५८ औं वार्षिकोत्सवको अवसरमा आज रासस भक्तपुर जिल्ला सम्पर्क कार्यालयले आयोजना गरेको “स्थानीय तहको विकासमा रासस” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले रासस मिडियाको पनि मिडिया भएको र विश्वसनीय समाचार संस्थाको रुपमा रहेको चर्चा गर्नुभयो । सांसद बस्नेतले भन्नुभयो–“राससलाई सरकारले बलियो र संस्थागत बनाउनु पर्छ, अनि राससले जिल्लालाई बलियो र संस्थागत बनाउँनु पर्छ, सरकारको कामलाई आमनागरिकमा ल्याउने रासस बलियो भए सरकार बलियो हुन्छ ।
कार्यक्रममा प्रदेश नं. ३ का प्रदेश सदस्य शशीजंग थापाले अहिलेको प्राथमिकता विकास पत्रकारिताको रहेको बताउदै सरकारको सरकारको समृद्धिको यात्रा सफल बनाउने संचार माध्यम रासस भएको चर्चा गर्नुभयो । राससमा कुनियत राखेर लेखिएका समाचार नआउने बताउदै उहाँले स्थानीय तहका खोजमूलक समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राससका अध्यक्ष हरिहर अधिकारी (श्यामल) ले राज्यको आवश्यकता रासस रहेको बताउदै उहाँले समाचारमा जनताको महत्वकांक्षा चुलिदै गएपनि राससमा भए भने २०१९ को ऐनमा टेकेर अझै काम गर्नुपर्दा हात बाधिएको बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले राससले स्थानीय सरकारसंग प्रतक्ष्य भूमिका खेल्दै स्थानीय सरकारलाई संविधानले दिएको अधिकारलाई राससले उजागर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले राससका समाचारमा विश्वसनीयताको आधार भएको बताउनुभयो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले संघीय, प्रदेश र स्थानीय सरकारसंग समन्वायत्म रुपमा रासस अगाडि बढ्दै विकासका समाचारलाई प्राथमिकतामा राखेर जानुपर्ने औल्याउनुभयो ।
मध्यपुरथिमि नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले राससले सरकारको आधिकारिताको नेतृत्व लिदै विशेष संयन्त्र बनाएर प्रदेशदेखि स्थानीय सरकारसम्म समाचारको प्रभाव बनाउनु पर्नेमा जोड दिनुभयो ।