द म्यान फ्रम काठमाण्डौ : कर्म र आना बिच किचकिच ( भिडियो हेर्नुहोस)

92

फागुन ६,
काठमाडौँ- फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को प्रमोश्नल गीत ‘किच किच माया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा फिल्मका दुई कलाकार कर्म र आना शर्मा फिचर्ड छन् । भिडियोमा यी दुइको प्रेम र झगडालाई गीतमा देखाइएको छ ।

 भिडियो हेर्नुहोस

 

गीतमा शुजेन्द्र डी कार्कीको शब्द, संगीत र स्वर रहेको छ । गीतलाई सविन शाक्यले कोरियोग्राफ गरेका हुन् भने यसको निर्देशक रेनशा वान्तवा राईले गरेकी हुन् । चैत्र १ मा रिलिज हुने फिल्मलाई नेपाल पश्चात् विदेशमा प्रदर्शन गरिने निर्माता नकिम उद्दिनले बताएका छन् ।

सिरिजको रुपमा ल्याउने तयारी भइरहेको यस फिल्ममा जोसे म्यानुअल, आना शर्मा , बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ ।