११ हजार ८३ नायव सुब्बा र खरिदारको समायोजन

499

नेपाल समाचारपत्र
फागुन ८, काठमाडौं । सरकारले ११ हजार ८३ जना नायव सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म नायब सुब्बा र खरिदार गरी ११ हजार ८३ जनाको सूची सार्वजनिक गरेको हो । त्यसमध्ये ६ हजार चार सय ७७ जना नायब सुब्बा र ४ हजार ६ सय ६ जना खरिदार रहेका छन । समायोजन भएका नायव सुब्बा मध्ये सामान्य प्रशासनतर्फ ५ हजार ८ सय २ रहेका छन् भने राजस्व तर्फ ६ सय ७५ जना रहेका छन्। त्यसमध्ये सामान्य प्रशासनतर्फ ३ हजार ३ सय १० जनाले संघ, १ हजार एक सय ५९ जनाले प्रदेश र १ हजार तीन सय ३३ जनाले स्थानीय तह रोजेका छन्। त्यस्तै समायोजन भएका प्रशासन सेवा सामान्य प्रशासन समूहका ४ हजार ६ सय ६ जना खरिदार मध्ये संघमा ३ हजार एक सय १४, प्रदेशमा तीन सय ७८ र एक हजार एक सय १४ जनाले स्थानीय तह रोजेका छन्।