अजोड इन्स्योरेन्स र मेगा बैंक बीच बीमा सेवा सम्झौता

105

फाल्गुन ८
काठमाडौँ-अजोड इन्स्योरेन्स र मेगा बैंक नेपालबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र मेगा बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत रभिना देशराज श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

बैंकका ग्राहकहरूले सम्झौता अनुसार अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट पाउन सक्ने छन् ।