‘साइँली’को ‘प्याट् प्याटे’ गीत सार्वजनिक (भिडियो)

184

फागुन ८,
काठमाडौँ -फिल्म ‘साइँली’को ‘प्याट् प्याटे’ बोलको गीत सार्वजनिक भएको छ । सुशान्त गौतमको स्वर तथा संगीत रहेको गीतमा हर्क साउदको शब्द रहेको छ । गीतमा गौरव पहारी, दयाहाङ राई, मेनुका प्रधान र केनिपा सिंह फिचर्ड छन् ।
भिडियो हेर्नुस् : 

रामबाबु गुरुङको लेखन र निर्देशन रहेको फिल्ममा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, प्रकाश घिमिरे, पुस्कर गुरुङ, लोकेन्द्र लेखक, किरण चाम्लिङ राई, सुस्मा निरौला, सरोज अर्याल, अरुणा कार्की लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा संगीत काली प्रसाद बाँस्कोटा, सुशान्त गौतमको रहेको छ भने गायन हेमन्त राणा, काली प्रसाद बाँस्कोटा र सुशान्त गौतमको रहेको छ । शैलेन्द्र डि कार्कीले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्म चैत्र १५ गते देखि रिलिज हुँदैछ ।