टी–२० विश्वकप छनोटमा नेपाल सँग युएई ७ विकेटले पराजित, नेपालको विश्वकप खेल्ने सम्भावना जीवितै

57

फागुन १०,
काठमाडौं- थाइल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले युएईमाथि सानादार जित निकालेको छ। युएईले दिएको ४२ रनको लक्ष्य नेपालले ३ विकेटको क्षति मात्र १०.२ ओभरमा पुरा गर्‍यो। नेपालको जितमा काजोल श्रेष्ठले १५ रन बनाउँदा कप्तान रूविना क्षेत्री १८ रनमा अभिजित रहिन्। सीता रानामगरले ६ रन जोड्दा अप्सरी बेगम शून्यमा आउट भइन्। यसअघि थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १७ ओभर ३ बलमा अलआउट हुँदै युएई ४१ रन बनाएको थियो। युएईका लागि चामनी रोशनी सिनिभिरत्नाले सर्वाधिक १३ रन जोड्नु बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन्। यस्तै युएईका नेहा शर्माले ६ रन तथा इशानी सिनिभिरत्ना र काभिषा कुमारीले समान ४/४ रन जोडिन्। युएईलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले ३ ओभर ३ बलमा ६ रन खर्चेर ४ विकेट लिईन्। यस्तै सिता राना मगर, सोनु खड्का र कृष्णा कुँवरले २/२ विकेट लिए । छनोट प्रतियोगिताका सुरूवाती तीन खेल जितेको युएईले पहिलो हारको सामना गरेको छ। नेपालले पनि बलियो टोली थाइल्याण्ड सँग पराजय ब्यहोरिसकेको छ।